सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ चैत्र ।
मदन गुप्ता (रुन्चे)को गोदाममा छापामारी गरी प्रहरीले १८ लाख मुल्य बराबरको अवैध लत्ताकपडा नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगर स्थित गुप्ता नेतृत्वको जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टको गोदामबाट अवैध लत्ताकपडा नियन्त्रणमा लिएको हो ।
भन्सार छली चोरी पैठारी गरी भारतबाट भित्राइ अनाधिकृतरूपमा भण्डारण गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीमनपा वडा न.१० आदर्शनगर बस्ने गोबिन्द वर्णवालको पकीघरमा घरकोठा भाडामा मदन गुप्ताले संचालन गरेको जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टको गोदाम भित्र खानतलासी गर्दा १३ पोका अं.मू.रू.१८ लाख बराबरको कपडाहरू बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यसै गरी वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भारतबाट भंसार छली चोरी पैठारी गरी वीरगंज महानगरपालिका वडा नं.८ घण्टाघरतर्फ ल्याउदै गरेका बिभिन्न किसिमका कपडा, चकलेट र प्याज लगायतका सामानहरु अं.मुल्य १५ लाख बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box