सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ बैशाख ।
सशस्त्र प्रहरी बल पर्साले ५० लाख मुल्य बराबरको अवैध समानहरु नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित कुख्यात तस्कर मदन गुप्ता (रुन्चे)को दुर्गा क्यारियरको गोदामबाट अवैध कपडा, काजु, ग्यास चुलो, ब्रेड क्रम्स नियन्त्रणमा लिएको हो ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालय पर्साबाट खटिएको टोलीले ५० लाख मुल्य बराबरको कपडा, काजु, ग्यास चुलो, ब्रेड क्रम्स बरामद गरेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै ४ करोड बराबरको अवैध कपडा बरामद गरेको २४ घण्टा नबित्दै सशस्त्र प्रहरी बलले ५० लाख मुल्य बराबरको अवैध सामानहरु बरामद गर्नुले पर्सा जिल्लाको सिमावर्ती क्षेत्रबाट अझै तस्करी जारी रहेको पुष्टि गरेको छ ।
दुर्गा क्यारियरको ढोका खोली हेर्दा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याई गोदाम गरि राखेको अवस्थामा अन्दाजी मुल्य रु. ५० लाख बराबरको कपडा, काजु, ग्यास चुलो, ब्रेड क्रम्स भेटिएकोले उक्त सामान आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।
पर्सा जिल्लामा नेपाल प्रहरीका प्रमुख एसपी कुमोद ढुंगेलको आगमन संगै संस्थागत तस्करी नियन्त्रणमा आएको भनिए पनि पछिल्लो २ दिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले करोडौं मुल्यबराबरको अवैध माल सामान वीरगंज सहरको मुख्य स्थानहरुबाट बरामद गर्नुले तस्करी लाईन जारी रहेको सहजै पुष्टि हुन्छ ।
समाचार श्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सिमावर्ती क्षेत्रका इकाई प्रमुख तथा डियुटिवालाका साथै केही घुमुवाहरुको सहजिकरणमा तस्करहरुले वीरगंज महानगरका साथै ग्रामिन भेगका सिमावर्ती क्षेत्रबाट भारतीय समाग्रीहरु राती १२ बजे देखि बिहान ३ बजेको विचमा नेपाल भित्रियाउने गरेका छन ।
पछिल्लो समय तस्करहरु पशपतिया भन्ने पशुपति, रम्भु, मन्जु, संदिप चौरसिया, सुरेन्द्र साह, अशोक साह लगायत महिलाहरुका समुह तस्करहरु सकृय रहेको बताइन्छ ।
तस्करी लाईन संचालन गर्न सीमावर्ती क्षेत्रका प्रहरी चौकी प्रमुख र डियूटीवाल प्रहरीका साथै घुमुवा र टाइगर टोलीको रुपमा परिचालित प्रहरी सहायक निरीक्षक कृष्ण राई, लामो समय देखि पर्सा जिल्लामा घुमुवा रहेर तस्कर तथा अवैध कारोबारीहरूसंग परिचित सप्रह उमेश यादव, प्रह मोहन यादव, वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा अनरुद्ध यादव लगायतले एसपी ढुंगेलको नितिनिर्देशनलाई चुनौती दिंदै सहजिकरण गर्दै आएको बताइन्छ ।
Facebook Comments Box