सहारा दैनिक

spot_img
Homeदेशमधेशपम्पम बिल्डिंगमा प्रहरीको छापा, संस्थागत तस्करी भैरहेको पुष्टी

पम्पम बिल्डिंगमा प्रहरीको छापा, संस्थागत तस्करी भैरहेको पुष्टी

सहारा संवाददाता–––––––––––––––

वीरगंज, ०६ बैशाख ।

पर्सा प्रहरीले वीरगंज महावीर स्थान स्थित पम्पम विल्डि·मा रहेको एक गोदाममा छापामारी गरी करोडौं मुल्य बराबरको अवैध कपडा बरामद गरेको समाचार बुझिन आएको छ ।

सुचनाको आधारमा छापामारी गरी पम्पम विल्डि·मा फ्ल्याट नै भाडामा लिएर भण्डारन गरिएको अवैध कपडा जिल्ला प्रहरी कार्यालय पर्साका टोलीले बरामद गरेको हो ।

पम्पम विल्डि·बाट करोडौं मुल्य बराबरको अवैध भारतीय कपडा बरामद भएको घट्नाले वीरगंजको सिमावर्ती क्षेत्रबाट संस्थागत तस्करी भइ रहेको पुष्टि गरेको छ ।

विगतमा संचालित संस्थागत तस्करी धन्धालाई पर्सा जिल्लाका नवआगन्तु प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले नियन्त्रण गर्ने निति अवलम्बन गरे पछि खुल्लेयाम चलेको तस्करी लाईन बन्द भएको थियो ।

तर पछिल्लो केही समय देखि एसपी ढुंगेल तथा सरकारी अवैध कारोवार अर्थात राजस्व चुहावट नियन्त्रण गर्ने निति निर्देशनलाई चुनौती दिंदै पर्सा जिल्लामा पछिल्लो केही वर्ष देखि विभिन्न शक्ति केन्द्रको बलमा बस्दै आएका तल्ला स्तरीय प्रहरी कर्मचारीहरु कै समन्वयमा तस्करहरुले पुनः सिर उठाएको यो घटनाले पछिल्लो चर्चालाई पुष्टि गरेको छ ।

पम्पम विल्डि·को फ्ल्याटबाट बरामद भएको करोडौं मुल्य बराबरको भन्सार छली ल्याइएको अवैध कपडाहरु सिमावर्ती भारतीय सहर रक्सौलमा पसल राखेका नेपाल र भारत दुई देशका नागरिक एवं कपडा किंगको रुपमा परिचित दिपक तुल्स्यान, भारतीय नागरिक संदिप अग्रवाल, अनिल घोडिया र अशोक टिवडेवालको भएको बजारमा चर्चा छ ।

तर प्रहरीले भने अहिले सम्म कसको हो भन्ने पुष्टि नभएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापा समेत बुझ्दा उहाले अहिले अनुसन्धानकै क्रममा रहेकाले केहि भन्न नसकिने बताउनु भयो ।

भन्सार छली गरी अवैध रुपले भित्रियाएर भण्डारन गरिएको सुचनाको आधारमा छपामारी गरिएको प्रहरी श्रोतबाट बुझिन आएको छ ।

पम्पम विल्डि·मा तीन फ्ल्याट भाडामा लिएर तस्करहरुले उक्त कपडाहरु भण्डारन गरेका थिए ।

तस्करहरुलाई सीमावर्ती क्षेत्रका प्रहरी चौकी प्रमुख र ड्यूटीवाल प्रहरीका साथै घुमुवा र टाइगर टोलीको रुपमा परिचालित प्रहरी सहायक निरीक्षक कृष्ण राई, लामो समय देखि पर्सा जिल्लामा घुमुवा रहेर तस्कर तथा अवैध कारोबारीहरूसंग परिचित सप्रह उमेश यादव, प्रह मोहन यादव, वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा अनरुद्ध यादव लगायतले एसपी ढुंगेलको नितिनिर्देशनलाई चुनौती दिंदै सहजिकरण गर्दै आएको पछिल्लो समय संचारमाध्यममा चर्चाको विषय बनेको छ ।

यिनिहरुले सिमावर्ती क्षेत्रमा समन्वय गर्नुका साथै जिल्ला प्रहरी कार्यालयबाट निस्किने गस्ति टोली बारे समेत तस्करहरुलाई सुचना दिएर राती १२ बने पछि अवैध रुपले रक्सौलबाट मालसामान वीरगंज भित्रियाउन सहजिकरण गर्ने गरेको श्रोतको दावी छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -