सहारा दैनिक

spot_img
Homeदेशमधेशभन्सार छली गरी ल्याइएको सामानहरु नियन्त्रण

भन्सार छली गरी ल्याइएको सामानहरु नियन्त्रण

वीरगंज, २३ चैत्र ।
सशस्त्र प्रहरी बलको निगरानी घेरालाई तोडेर भन्सार छली गरी ल्याइएको सामानहरु नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिमा क्षेत्रमा अवैध ओसार पोसार नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी बलको मिलोमतोमा सिमावर्ती भारतीय सहर रक्सौलबाट अवैध रुपले तस्करहरुले भित्रियाइएको लत्ताकपडा, खाद्यान्न तथा केशर बुधवार पर्सा प्रहरीले नियन्त्रणमा लिइएको हो ।
भन्सार छली ल्याउदै गरेको अवस्थामा बिभिन्न किसिमका लत्ताकपडा, खाद्यान्न तथा केशर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगंज महानगरपालिका भित्र ईनर्वागाउ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा रू. ७ लाख ९६ हजार ३ सय ६० मुल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा, खाद्यान्न तथा केशर नियन्त्रणमा लिइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ निर्मल बुढाथोकीले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिइएको उक्त सामानहरु आवश्यक कारवाहीको लागी बिहिवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रनाउ बुढाथोकीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -