वीरगंज, २२ चैत्र ।
ट्राफिक प्रहरीले दायित्वबाट विमुख भए पछि पर्सा जिल्ला सदरमुकामममा दुर्घटनामा वृद्धि भएको छ ।
सवारी साधनको गती र लोड लगायत नियन्त्रण सहित ट्राफिक व्यवस्थापनको मुख्य जिम्मेवारी वहन गर्ने गरी जिम्मेवारी बोकेर परिचालित पर्सा जिल्लाका ट्राफिक प्रहरी आफ्नो दायित्वबाट विमुख भई असुली धन्धामा लागेकै कारण सडक दुर्घटनामा वृद्धि भएको पाइन्छ ।
वीरगंज महानगरपालिका वडा नं. १७ अलौ स्थित सडकखण्डमा मंगलवार सांझ दुर्घटना हुंदा एक जनाको मृत्यु भएको घट्नाले पनि ट्राफिक प्रहरीको चरित्र उदा·ीएको छ ।
पर्सा जिल्लाको ग्रामिन भेग सहित नेपाल–भारत संयुक्त जाँच चौकी (आइ.सि.पी.) र ड्राइपोर्टबाट आउने जाने सवारी साधनको चापलाई व्यवस्थापनका निम्ती पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक प्रहरी नायव निरिक्षक कै नेतृत्वमा ट्राफिक प्रहरी परिचालन गरिएको भए पनि दुर्घटना न्युनिकरण तर्फ सुन्य कार्य गरेकै कारण दिन प्रति दिन दुर्घटनामा वृद्धि भएको हो भने पछिल्लो दुर्घटनाले समेत पुष्टि गरेको छ ।
मंगलवार राती करिव ८ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १७ अलौ स्थित सडक खण्डमा पोखरियाबाट तिव्र गतिमा वीरगंज तर्फ आउदै गरेको ना.५ च ४७५ नम्बरको पिकअप गाडीले विपरित दिशा तर्फबाट जादै गरेको प्र. २–०३–०२२ प ९८०० नम्बरको मो.सा.लाई ठक्कर दिंदा मो.सा. चालकको मृत्यु भएको छ ।
पिकअप गाडीको ठक्करबाट गम्भिर घाइते भएका मोसा चालक पर्सा जिल्ला जिराभवानी गा.पा. वडा नं. ३ बस्ने बर्ष ३७ को मनोज हजरा उपचारार्थ नारायणी अस्पताल वीरगंजमा ल्याएकोमा बुधवार बिहान ७ः४५ बजेको समयमा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले मोसालाई ठक्कर दिने पिकअप र चालक मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा. वडा नं. ८ बस्ने वर्ष ३६ को गणेश कुमार अधिकारीलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइ रहेको जनाएको छ ।
त्यसै गरी मंगलवार साढे ११ बजे राती जिल्लाको जिराभवानी गा.पा. वडा नं. १ स्थित सडक खण्डमा सुवर्णपुरबाट वीरगंज तर्फ आउदै गरेको द्यच् ण्ज्ञ एब् द्दडठट नम्बरको भारतीय नम्बर प्लेटको सेतो बोलेरो जिप आफै अनियन्त्रीत भई दुर्घटना हुंदा चालकको मृत्यु भएको छ ।
सो दुर्घटनामा गाडीको चालक ठोरी गा.पा. वडा नं. ५ बस्ने वर्ष २९ को नकुल पौडेलको टाउकोमा गम्भिर चोट लागेको हुंदा उपचारार्थ एल.एस.न्यूरो अस्पताल वीरगंजमा ल्याएकोमा बुधवार दिउसो साढे १२ बजेको समयमा निजको मृत्यु भएको जिप्रकाले जनाएको छ ।
जिल्ला भरीको ट्राफिक व्यवस्थापन गर्ने दायित्व बोकेर परिचालित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रनि मणिराम थापाको आगमन पश्चात कमाउ पोष्टको रुपमा परिचित ड्राइपोर्ट, परवानीपुर, रजतजयन्ति चोक तथा वीरगंज भन्सार एरिया, बस पार्क र गण्डकमा असुली धन्धाको लागी मात्र ट्राफिक प्रहरीले काम गरिरहेको प्रत्यक्ष रुपमै देखिने गरेको छ ।
यी पोष्टहरुका ट्राफिक प्रहरीले दायित्व भित्र पर्ने गतिविधिलाई लोककल्याण भन्दा पनि मुद्रा दोहनको रुपमा गतिविधि संचालन गर्दा दुर्घटनामा वृद्धि हुंदै गएको जानकारहरु बताउछन ।
Facebook Comments Box