सहारा दैनिक

spot_img
Homeदेशमधेशमहाआरतीमा हजारौंको सहभागिता

महाआरतीमा हजारौंको सहभागिता

वीरगंज, २३ चैत्र ।
हनुमान जन्मोत्सवको अवसरमा बिहिवार वीरगंजमा ऐतिहासिक महाआरतीको आयोजना भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ६ स्थित महाविर मन्दिर अगाडि बिहिवार सांझ ६ बजे श्री हनुमान जन्मोत्सवको अवसरमा ऐतिहासिक महाआरतीको आयोजना भएको हो ।
श्री महावीर स्थान मन्दिर समिति, वीरगंज महानगरपालिका वडा नं.६ कार्यालय, साप्ताहिक सुन्दरकाण्ड प्रचार समिति, वीरगंज एवं समस्त नगरवासीहरूको संयुक्त आयोजनामा महाआरती आयोजना गरिएको वडा नं. ६ का वडा अध्यक्ष जय प्रकाश शाहले बताउनु भयो ।
महाआरतीमा नगरदेखि जिल्लाभरिका हजारौ नर नारी भक्तजनहरुले संयुक्त रुपमा महाआरती गरेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -