सहारा दैनिक

spot_img
Homeदेशमधेशसखर र गहुं लोड ट्याक्टर नियन्त्रण

सखर र गहुं लोड ट्याक्टर नियन्त्रण

वीरगंज, २२ मंसिर ।
भन्सार छली ल्याउदै गरेका सखर र गहुं लोड रहेको ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले छिपहरमाई गाउपालिका वडा नं.२ टिउकीबाट सखर र गहुं लोड रहेको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
छिपहरमाई गाउपालिका वडा नं.२ टिउकी स्थित सडकखण्डमा ना.२ त ४०३६ नम्बरको ट्याक्टरमा लोड रहेको अं.२३० क्वीन्टल गहुं र अर्को टेलरमा अं.८० क्वीन्टल सखर र एउटा खाली टेलर लोड रहेको मालबस्तुहरू सहित ट्याक्टर वेवारिसे अवस्थामा फेला पारी बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्याक्टरमा लोड रहेको अं.मू.रू.१५ लाख मूल्य बराबरको मालबस्तुहरू आवश्यक कारवाहीको लागि बिहिवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -