spot_img
Homeदेशमधेशपत्रकारितामा सर्राफको छुट्टै योगदान–वक्ताहरु

पत्रकारितामा सर्राफको छुट्टै योगदान–वक्ताहरु

वीरगंज, २२ मंसिर ।
ह्दयघातका कारण अल्पायुमै निधन भएका पर्साका सक्रिय पत्रकार स्वर्गीय नरेश सर्राफ कहिले पनि बिर्सिन नसक्ने व्यक्ति रहेको वक्ताहरुले बताएका छन् ।
क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले स्व. सर्राफको सम्झनामा बिहिवार आयोजना गरेको श्रद्धाञ्जली सभामा वक्ताहरुले सर्राफको व्यक्तित्वको बारे चर्चा गर्दै पर्सा जिल्लाको पत्रकारितामा उनको छुट्टै योगदान रहेका बताएका हुन ।
मञ्चका अध्यक्ष प्रणय कुमारको सभापतित्वमा आयोजित श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले स्वर्गीय सर्राफको सद्गुण, स्वभाव र आचरणलाई अनुकरण गर्नुपर्नेमा जोड दिएका छन् । निष्ठाको पत्रकारिता गर्ने सर्राफ व्यवसायिक पत्रकार भएको बताउदै उनले भने,उनी एक असल पत्रकार थिए, असल मान्छे कसैको हुदैन, सबैको हुन्छ । अब हामीले पनि व्यवसायिक पत्रकारिता गरेर समाजलाई सकारात्मक बाटोतर्फ डो¥याउने काम गरेपछि मात्रै उनको आत्माले शान्ति पाउने उनले बताए ।
महासचिव बञ्जाराले मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष एवम् पत्रकार महासंघ सप्तरीका संस्थापक सभापति शिवहरी प्रसाद भट्टराईप्रति पनि श्रद्धाञ्जली अर्पण गर्दै यही समयमा २ जना पत्रकारको निधनले पत्रकारिता जगत स्तब्ध भएको बताए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सर्राफको निधनले पर्साको पत्रकारीता क्षेत्रमा अपुर्णिय क्षती भएको बताए । सर्राफ जस्तो निष्ठावान र ईमान्दार पत्रकार गुमाउनु अत्यन्तै दुखद विषय भएको बताउदै उनले सर्राफजस्तै मृत्युपर्यन्त पनि सम्झिने खालको पत्रकारिता गर्न अरुलाई पनि आग्रह गरे ।
आ“खामा राख्दा पनि नबिझाउने किसिमको स्वर्गीय सर्राफको स्वभाव अनुकरण एवम् अनुसरण गर्ने खालको भएको अध्यक्ष तिवारीले बताए । सत्यको पक्षमा कलम चलाउने व्यक्ति गुमाएकोमा उनले दुःख व्यक्त गरेका छन् ।
त्यसै गरी वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल पटवारीले उनको योगदानको स्मरण गर्दै सर्राफको निधन अविश्वसनीय र अकल्पनीय भएपनि मृत्यु ध्रुबसत्य कुरा भएको बताए । तर अल्पायुमै उनको निधनले सबैलाई दुखित तुल्याएको उनले बताए ।
श्रद्धाञ्जली सभामा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले सर्राफको आत्माको चिर शान्तिका लागि उनले देखेका सपनाहरु पर्सेली पत्रकारिता जगतले पुरा गर्नु पर्नेमा जोड दिए ।
प्रेस चौतारी पर्साका सह–संयोजक तुलसी भण्डारीले स्व.पत्रकार सर्राफले देखाएको बाटोमा हिडन सके मात्र उनीप्रती सच्चा श्रद्धाञ्जली हुने बताए । श्रद्धाञ्जली सभामा सहभागी पत्रकार तथा विभिन्न संघसंस्थका प्रतिनिधिहरुले स्वर्गीय सर्राफको तस्वीरमा माल्यार्पण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमको सहजीकरण क्रियाशील युवा पत्रकार मञ्चका आंनद पटेलले गरेका थिए ।
नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका ३८ बर्षिय पत्रकार सर्राफको मंसिर १५ गते निधन भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -