वीरगंज, २३ मंसिर ।
संघीय संसद्को पछिल्लो पाँच वर्षे कार्यकालमा सांसदहरुलाई तलब एवं अन्य सुविधामा खर्च भएको रकम लगायत बारे प्रमाणित प्रतिलिपी माग गरिएको छ ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले संसद् सचिवालयसंग पछिल्लो ५ वर्षमा २०७४ देखि २०७९ सम्मको कार्यकालमा सांसदहरुले लिएका तलब सहित अन्यसुविधामा भएको खर्च लगायत बारे सुचना मांग गरेको हो ।
अध्यक्ष यादवले सूचना हकको ऐन २०६४ बमोजिम संसद् सचिवालयसंग संसदले लिए गरेका भत्ता, संसदीय कोषमार्फत खर्च भएको रकम र तलब भत्ता नलिई राष्ट्रलाई सहयोग गरेको सांसदहरुको सूची समेत निवेदन मार्फत माग गरेका हुन् ।
उनले लिखित निवेदन दर्ता गर्दै पछिल्लो संसद्को पाँच वर्षे कार्यकालमा भय गरेको कामहरुको विवरण प्रमाणित प्रतिलिपि माग गरेका हुन ।
सांसदहरुको पछिल्लो ५ वर्षको खर्च विवरण माग
Facebook Comments Box