सहारा दैनिक

spot_img
Homeदेशमधेशबिल बिजक भन्दा बढी समाग्री लोड ट्रक नियन्त्रण

बिल बिजक भन्दा बढी समाग्री लोड ट्रक नियन्त्रण

वीरगंज, २१ मंसिर ।
बिल बिजक भन्दा बढी औषधी, लत्ताकपडा र खुद्रा सामाग्रीहरू लोड रहेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले मंगलवार साढे १० बजे राती औषधी, लत्ताकपडा र खुद्रा सामाग्रीहरू लोड रहेका ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.०६ लोहारपट्टी चोक स्थित सडकखण्डमा ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा नमस्ते ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा लोड रहेको अन्दाजी मुल्य रू ६१ लाख ४६ हजार १२ बराबरको औषधी, लत्ताकपडा र खुद्रा सामाग्रीहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -