spot_img
Homeदेशमधेशक्यानको अध्यक्षमा प्रशान्त कुमार चयन

क्यानको अध्यक्षमा प्रशान्त कुमार चयन

वीरगंज, २१ मंसिर ।
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ पर्साको पांचौ साधारणसभा सम्पन्न भएको छ ।
वीरगंज स्थित होटल अन्नपुर्णामा आयोजित साधारणसभा तथा अधिवेशनले नयाकार्य समिति चयन गरेको छ ।
महासंघ पर्साका अध्यक्ष दिपक साहको सभापतित्वमा आयोजित साधारणसभामा सचिव जीवन प्रकाश गुप्ताले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्यानको साधारणसभाले प्रशान्त कुमारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीले रुपमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा संजय कसेना, सचिवमा जीवन प्रकाश गुप्ता, कोषाध्यक्षमा सुरज बाबु पटेल चयन भएका छन् भने सदस्यहरुमा क्रमशः राहुल कुमार साह, राकेश कुमार साह, अर्जुन कुमार अधिकारी, विक्रम जैन र अर्जुन कुमार साह रहेका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -