वीरगंज, २९ कार्तिक ।
केही समय अघि वीरगंजको एकीकृत भन्सार जाँच चौकी (आइसीपी भन्सार) परिसर नै प्रयाग गरी सशस्त्र प्रहरी बलको सहयोगमा तस्करले अवैध रुपले भित्रियाउन लागेको झण्डै दुई करोड भन्दा बढीको कपडासहितको ट्रकबाट २० लाख बराबरको विष्फोटक सामग्री पनि फेला परेको समाचार बाहिरिएको छ ।
मंसिर ४ गते हुने प्रदेश÷प्रतिनिधिसभा चुनावलाई लक्षित गरी ठूलै क्षति पु¥याउन सक्ने हिसाबले ट्रकमा कपडाको पोकाभित्र लुकाएर २० लाख भन्दा बढीको १२ कार्टुन विष्फोटक सामग्री भेटिएको भए पनि वीरगंज भन्सार प्रमुख राजेन्द्र चुडाल, मुद्दा शाखाका छत्र आले मगर, कम्प्युटर अपरेटर अनिल ढकाललगायतले विष्फोटक सामग्रीलाई अतिशवाजी अर्थात पटकामा परिणत गर्न चलखेल गरिरहेको बुझिएको छ ।
एकिकृत भंसार जाँच चौकी भएर नेपाल भित्रिएको ना ७ ख ८१५२ नम्बरको मालवाहक ट्रक निस्किनै लाग्दा भंसारले चेकजाँचकालागि नियन्त्रणमा लिएको थियो । सो ट्रकभित्रबाट ७६ लाख ८१ हजार दुई सय पचासी बराबरको कपडा र २० लाख १९ हजार पाँच सय सय रुपैयाँ बराबरको विष्फोटक सामग्री भेटिएको भन्सारका सूचना अधिकारी डिल्लीराम सुवेदीले बताउनु भयो ।
नेपाल सरकारले पटाकाहरुको आयातमा प्रतिबन्ध मात्र लगाएको छैन नेपालमा पडाका नपड्काउनकालागि अनुरोध गर्ने गरेको छ र पड्काइएको पाइएमा कारवाही गर्ने गरि यसलाई दण्डनीय बनाएको छ । त्यसैले बिस्फोटक पदार्थको आयातको पछाडी ठूलै योजना रहेको अनुमान लगाउन सकिन्छ ।
कपडासहितको बिस्फोटक पदार्थ बोकेको उक्त ट्रक सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल आइसिपि पोष्टका तत्कालिन प्रमुख सप्रनानि प्रकाश ठकुरी मिलोमतोमा भन्सारबाट बाहिरिने क्रममा गेटबाटै भन्सारले नियन्त्रणमा लिनु राम्रो पक्ष भएपनि विष्फोटक पदार्थलाई अतिशवाजीमा परिणत गर्नु पदीय दायित्व र संगठनप्रतिको बेइमानी रहेको स्पष्ट हुन्छ ।
भंसार राजस्व छली गरि करोडौँ रुपैयाको कपडा र बिस्फोटक पर्दाथ आइसीपी भएर त्यसै आएको छैन । यसका पछाडी ठुलै शक्तिकेन्द्रको हात हुने आशंका गर्न सकिन्छ । निर्वाचनलाई प्रभाव पार्ने, आतंक सृजना गरेर परिणाम आफ्नो पक्षमा पार्नकालागि बिस्फोटक पर्दाथको प्रयोगको योजनाको आशंका गर्ने ठाउँ प्रशस्त रहेको छ ।
सामान र ट्रक बिना कारवाही छाड्न प्राविधिक कानूनी कुनै पनि रुपमा नमिले पछि प्रक्रियामा प्रवेश गरेर कपडा पार्टीलाई दिने सेटिङमा काम हुँदै गरेको स्रोतले जनाएको छ ।
अब प्रक्रियामा मालको हकदावी गर्ने सूचना प्रकाशन हुने छ । त्यसपछि सामानको मूल्याकंन गरिने छ । स्रोतले ९९ लाख रुपैया सम्म मूल्यांकन हुन सक्ने र पहिलो पटक प्रकाशन भएको लिलाम प्रक्रियमा कसैलाई सहभागि हुन नदिई पूनः मूल्याकंन समितिको बैठक बसी मूल्यांकन घटाई ६० लाखको हाराहारी कायम गरि पार्टीले माल पाउने गरि प्रक्रिया शुरु गर्ने सेटिङ भएको स्रोतको दावी छ ।
तर सूचना अधिकारी सुवेदीले खुल्ला प्रतिस्पर्धा पाउने कुराको सुनिश्चितता हुने गरि लिलामी प्रक्रिया अगाडि बढाइने बताए । सीमित प्रतिस्पर्धाको जुन आशंका गरिएको छ त्यसो हुँदैन एकदम पारदर्शी र खुल्ला रुपमा हरेकले प्रतिस्पर्धा गर्न पाउनेगरि प्रक्रिया अगाडि बढने उनले दृढता ब्यक्त गरे ।
सूचना अधिकारी सुवेदीले बिस्फोटक पर्दाथ नष्ट गर्ने जनाएका छन् ।
अवैध चोरी निकासी, तस्करी जस्ता कृयाकलापलाई निरुत्साहन गर्ने उद्देश्यले परिचालित संस्था सशस्त्र प्रहरी बलको मिलेमतोमा तस्करीको लाइन पाएका तस्करहरूले तस्करीमा कपडा खाद्यान्न लगायतका सामग्री मात्र नभई हात हतियार,लागुऔषध लगायतका जुनसुकै सामग्री पनि भिœयाउने गरेको रहष््य यो कपडा लोड गरिएको ट्रक भित्र फेला परेको बिष्फोटक सामग्री प्रकरणले पुष्टी गरेको छ ।
Facebook Comments Box