वीरगंज, २९ कार्तिक ।
मंसिर १ गते देखि पर्सा जिल्लाको भारतसंग जोडिएको सम्पुर्ण निमानाकाहरु चार दिनको लागी बन्द गरिने भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई लक्षित गरी जिल्ला प्रसाशन कार्यालय पर्साले मंसिर १ गते राती १२ बजे देखि मंसिर ४ गते राती १२ बजे सम्म सिमानाका बन्द रहने सुचना जारी गरेको छ ।
जिल्ला प्रसाशन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा मंगलवार जारी सुचनामा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष्ँ एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागी भारतसंग सिमा जोडिएका पर्सा जिल्लाका सम्पुर्ण सिमानाकाहरु मंसिर १ गते राती १२ बजे देखि मंसिर ४ गते राति १२ बजे सम्म बन्द रहने उल्लेख छ ।
Facebook Comments Box