वीरगंज, २७ कार्तिक ।
पर्सा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले चुनावी अभियानलाई तिव्रता दिएका छन ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिंदै जांदा द्विवेदीको चुनावी अभियानमा थप तिव्रता दिएका हुन ।
नेपाली कांग्रेसका पुर्व सभापति समेत रहेका द्विवेदीले आइतवार वीरगंज महानगरपालिका वडा नं. ७ मा घरदैलो कार्यक्रम गरेका छन ।
बुद्धिजिवि, सामाजिक अगुवा तथा भरभलाद्मी सहित घरदैलो कार्यक्रम गर्न वीमनपा वडा नं. ७ मा पुगेका स्वतन्त्र उम्मेदवार द्विवेदीलाई स्थानीयले भव्य स्वागत सहित समर्थन जनाएका छन ।
स्थानीय समेत द्विवेदीको घरदैलो कार्यक्रममा सहभागिता जनाएर मतदाताको घर–घरमा पुगेर द्विवेदीको लागी मत मागेको उनका प्रचार प्रसार समितिले जनाएको छ ।
दलीय उम्मेदवार प्रति उदासिन आम जनतामा यस पालिको निर्वाचनमा स्वक्ष छवी र स्वतन्त्र उम्मेदवार रोजाइमा पर्ने प्रवल सम्भावना देखिएको छ ।
Facebook Comments Box