वीरगंज, ०४ कार्तिक ।
आफुले गरेको भ्रष्टाचार ढाकछोप गर्न र सत्तामा तर मार्न छोरीलाई उम्मेदवार बनाएर भ्रष्टाचारी ठहर हरिनारायण रौनियार मतदाता माझ पुनः सकृय भएका छन ।
पप्पु कन्स्ट्रक्सनको नाममा ठेक्का लिएर पनि विकास निर्माण कार्यलाई अड्काएर देशभरी बदनामी कमाएका जसपाका निलम्बित सांसद रौनियारले आफ्नी छोरी डा. मधु गुप्तालाई पर्सा क्षेत्र नं. ३ को (ख) बाट प्रदेशसभामा उम्मेदवार बनाएर मतदातालाई पुनः झुठा आस्वाशन बाड्न सकृय भएका हुन ।हुन त सो क्षेत्रका मतदाताले नै उनी र उनका सुपुत्री डा. गुप्तालाई बहिस्कार गर्ने समेत बताइ रहंदा जुन कार्यमा रौनियार भ्रस्टाचारी ठहर भएका छन सोही कार्य अर्थात पुलपुलेसा र सडक संजालमा कार्य गर्ने भन्दै डा. गुप्ताले पछिल्लो समय घरदैलो कार्यक्रममा मतदातालाई आस्वाशन बाड्दै हिंडेकी छिन । स्थानीयका अनुसार रौनियारले छोरीलाई अघि सारेर मतदातालाई फेरि पनि बेवकूपÞm बनाउने प्रयासमा जुटेका छन् ।
यसै विच प्राप्त समाचार अनुसार विकास विरोधी ठेकेदारको रुपमा ख्याती कमाएका निलम्बित सांसद रौनियारले शहीदहरुको सहादतमाथि खेलवाड गरेर ज.स.पाका इमान्दार कार्यकर्ताहरलाई पाखा लगाएर मंसिर ४ गते हुने निर्वाचनमा पर्सा क्षेत्र ३ (ख) बाट आफ्नी छोरी डा. मधु गुप्तालाई उम्मेदवार बनाएपछि मतदाता कार्यकर्ताहरू बिच्किएका छन् ।
क्षेत्र नं. ३ को (ख) बाट प्रदेशसभामा जसपाका संघर्ष शिल नेता गौरी शंकर साहलाई उम्मेदवारी टिकट पक्का भए पनि आर्थिक बलमा रौनियरले साहलाई पाखा लगाएर राजनीतिसंग कुनै सरोकार नै नभएकी छोरी डा. मधु गुप्तालाई टिकट दिलाउन सफल भए पछि जसपाका पुराना र ईमानदार कार्यकर्ताहरूमा निरासा उत्पन्न भएको जसपा श्रोतकै दावी छ ।सो क्षेत्रका मतदाताहरुले २०७४ को आमनिर्वाचनमा हरिनारायणलाई मत दिएर जिताए पनि पप्पु कन्स्ट्रक्सनको गुणस्तरहिन सामग्रीबाट पुल निर्माण गरेको कारण सांसद पदबाट निलम्बित भएपछि पांच वर्षसम्म विकासबाट बन्चित भएका थिए । अख्तियारले उनी माथि चलाएको मुद्दामा विशेष अदालतले दण्डित गरेपछि चुनाव लड्ने अवस्था नभए पछि पर्सा क्षेत्र नं २ वीरगंज महानगरपालिका वडा नं २५ सिर्सिया ससुराली घरजम गरी बसिरहेकी छोरी डा. गुप्तालाई टिकट दिलाएर चुनावी मैदानमा त उत्रिए तर जसपा पर्सामा भाडभैलोको अवस्था भएको बताइन्छ ।पप्पु कन्स्ट्रक्सनले वीरगंज महानगरपालिका वडा नं २५ स्थित मर्लैया नदि पुल निर्माण गर्ने ठेक्का साकार गरेको निर्माण अवधि सकिएको वर्षौं बिते पनि प्रत्येक वर्षायाममा डा. मधु गुप्ता पटेल र घरपरिवार लगायत ससुराली गाउबासी समेत दुःख भोग्दै आएका छन् । विकास निर्माण कार्यको ठेक्का लिएर पनि समयमा काम नगरी अडकाएर भ्रष्टाचार गर्न पल्किएका रौनियारले आफ्नो उत्तराधिकारीको रुपमा छोरी मधुलाई अघि सारे पनि सो क्षेत्रका मतदाताहरू आगामी निर्वाचनमा भ्रष्टाचारीका उत्तराधिकारीहरुलाई मतदान गर्ला भन्ने आश नरहेको जसपा कै एक कार्यकर्ताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताएका छन ।
Facebook Comments Box