वीरगंज, ०४ कार्तिक ।
डेंगु संक्रमणबाट मुक्त भएका पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले घरदैलो तथा मतदाता संग भेटघाटमा सकृय भएका छन ।
उम्मेदवारी दिए संगै डेंगु संक्रमित भई अस्पताल भर्ना भएका द्ववेदी शुक्रवार वीरगंज महानगरपालिकाका विभिन्न टोलमा मतदातासंग भेटघाट तथा घरदैलो कार्यक्रम गरेका हुन ।
शुक्रबार इनर्वा, भवानीपुर र सबैठवामा आम मतदातासंग भेटघाट तथा घरदैलो कार्यक्रम गर्दै उनले आफ्नो चुनाव चिन्ह माछा छापमा मतदान गर्न आग्रह गरेका छन ।
जनमतको कदर तथा सोषित पिडितको उथ्थानका लागी आफ्नो उम्मेदवारी भएको भन्दै द्ववेदीले मतदान गर्न आग्रह गर्दै मतदाताको घर–घरमा पुगेर भेटघाट गरेका हुन ।
Facebook Comments Box