वीरगंज, ०५ कार्तिक ।
दैनिक १२ घण्टा काम गर्ने र वर्षमा एक पटक नियम संगत पाउने बोनस मांग गर्दा दिपावलीको समयमा मजदुर माथि दमन गरेर त्रिवेणी स्पिनिङ मिलका मालिकले रजाइ गरिरहेका छन ।
बाराका प्रहरी प्रमुख प्रउ होबिन्द्र बोगटीलाई प्रभावमा पारेर बर्दीको दुरूपयोग गरी मजदुर माथि गरेको दमनको ब्यापक आलोचना भइरहेको छ ।
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइरहेको अवस्थामा सत्ता गठबन्धन दलको साख माथि नै आंच आउने गरी सम्पुर्ण राज्य सत्ताको खिल्ली उडाउदै बारा प्रहरीले बिहिवार त्रिवेणी स्पिनिङ मिलका मजदुर माथि गरेको दमनको नांगो प्रदर्शन सिंगो देशले हेरेको छ ।
जुन सत्ताधारी गठबन्धनलाई बदनाम गर्न ठुलो भुमिका खेलेको छ । प्रहरी उपरीक्षक बोगटी र त्रिवेणी स्पिनिङ मिल्सका संचालक रामचन्द्र संघाई मिलेर मजदूरको बोनसमा रजाई गर्न अपनाएको दकनकारी गतिविधिले नेपाल प्रहरीका साथै राज्य सत्ता कसको नियन्त्रणमा छन भन्ने प्रश्न आम जनमासमा उव्जिएको छ ।
त्रिवेणी स्पिनिङ मिल्समा कार्यरत झण्डै डेढ हजार मजदूरहरूको दिपावली र छठ नराम्रो बनाएर संघाई र प्रउ बोगटी दिपावलीको उत्सवमा जुटेको आरोप समेत लगाउन थालिएको छ ।
वैश्विक महामारीको समयमा पासको दुरूपयोग गरि जुवाको खालबाट पक्राउ परी पा“च दिन थुनामा बसेका अर्बपति रामचन्द्र संघाईको “चारा”मा फसेर प्रउ बोगटीले निर्वाचनको समयमा आफ्नो हर्कतले सरकारलाई बदनाम मात्र गराएका छैनन्, बारा पर्सामा बाम लोकतान्त्रिक गठबंधनलाई क्षति पु¥याउने काम समेत गरेको स्थानीय नेताहरु बताउछन् ।
बोनसको कुरालाई लिएर त्रिवेणी स्पिनिङ मिलका व्यवस्थापन पक्ष र मजदूरहरू बीच दशैंताका देखि नै विवाद चलिरहेको अवस्थामा तिहार अगाडी बोनस सम्बन्धी समस्या समाधान गर्न व्यवस्थापन पक्षले मजदूरहरूलाई अश्वासन दिए अनुरुपको प्रतिबद्धता पुरा नगरे पछि मजदुरहरुले बुधवार बेलुकी उद्योग तर्फका मैनेजर अशोक शर्मा, महाप्रबंधक सतिश शर्मा, प्रविधिक शाखा प्रमुख एम.के. दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठलाई बोनसको समस्या सामाधान नगरी तपाईहरु उद्योग परिसर बाहिर जान पाउनु हुन्न भनी अडान राखेर राती कारखाना बाहिर जान दिएनन् ।
सोही विषयलाई लिएर बिहिबार त्रिवेणी स्पिनिङका प्रोप्राईटर रामचन्द्र संघाई आफै जिल्ला प्रहरी कार्यालय बारामा पुगेर प्रहरी उपरीक्षक बोगटीलाई भेट्न पुगेका थिए । प्रउलाई भेट्न जांदा संघाई संगै एक व्याग बोकेको एकजना अर्का व्यक्ति पनि साथमा रहेको स्रोतले जनाएको छ ।
सो भेट पश्चात संघाई सिमरा स्थित होटल इच्छामा गए भने प्रहरी उपरीक्षक बोगटी आफ्नै कमाण्डमा सयकडौं प्रहरीको फोर्स लिएर उद्योग परिसरमा प्रवेश गरी हवाइ फायर र अश्रु ग्यास प्रहार गर्नुको साथै महिला तथा पुरुष मजदूरहरू माथि अन्धाधुन्ध लाठी प्रहार गरि व्यवस्थापन पक्षका मजदुरबाट उद्योग परिसरमा घेरिएकाहरुलाई बाहिर निकालेको मजदुरहरुले बताएका छन ।
एका तिर मजदुर माथि गरेको दमनको व्यापक आलोचना भइरहेको अवस्था मै प्रउ बोगटीले मीडियामा बन्धक (ज्यकतबनभभ) मा राखिएको कर्मचारीलाई छोडाउन जांदा एक दर्जन प्रहरी घाईते भएको र प्रहरीमाथि आक्रमण गर्न खोज्ने सात जनालाई पक्राउ गरिएको जानकारी गराएका थिए ।
जब की प्रहरीको लाठी प्रहारबाट घाईते भएका मजदूरहरूको विवरण बोगटीले सार्वजनिक गरेनन् ।
पक्राउ परेका मजदुरहरुलाई छोड्न दवाव स्वरुप शुक्रवार बारा जिल्ला सदरमुकाम कलैया जान हिंडेका मजदूरहरूलाई गण्डक नजिकै बीच बाटोमा जबरजस्ती बस रोकेर पैदल हिंडाएको भिडियो सामाजिक संजालमा भाइरल भए पछि प्रहरीको निंदनीय कार्यलाई जनमानसबाट भत्सर्ना गरेका छन् ।
प्रहरीले पक्राउ गरेको मजदुरहरु संजय कुमार यादव, ओम प्रकाश मिश्र, राजेश यादव, अमलेश पाण्डे, बृजकिशोर साह र सोनालाल यादव उपर अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाएका छन ।
प्रहरीको बर्बर दमनमा परेर मजदुरहरु अनिल मिश्र, हरि किशोर मंडल, भागवत महतो चौहान, अनिरुद्ध यादव, नासीर हुसैन, रीमा कुमारी चौधरी, निर्मला महतो धांगर, कृपा चौधरी, चन्दा चौधरी, मधु चौधरी, उषा चौधरी, रूबी नेपाली र मनोज मिश्र लगायत घाइते भएको बताइएको छ ।
Facebook Comments Box