वीरगंज, २८ भदौ ।
नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले असोज १ गते देखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएको छ ।
भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पिडिओ नलिई आन्दोलन रत महासंघले यस्तो चेतावनी दिएको हो ।
यसै विच महासंघले मंगलवार देखि अमलेखगंज डिपोबाट अन्यत्र
डिपोमा जाने पेट्रलियम पदार्थको लोडिंग रोकिएका छन भने आउदो असोज १ गते देखि राज्यभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्न मातहतमा पत्राचार समेत गरेको छ ।
महासंघले आफ्ना स्थानीय सदस्य संस्थाहरु तथा डिलर्स एशोसिएशन, मजदुर संघ संस्थाहरु लगायतमा समेत सम्पुर्ण व्यवसायीहरुले माग पुरा गराउन दृढता पुर्वक लाग्न आग्रह गरेको छ ।
नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राख्दै दवाव स्वरुप विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसै विच समस्या समाधानका लागि मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलवार भएको वार्ता पनि उपलब्धि मुलक नभएको महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दासले बताउनु भयो ।
व्यवसायीहरुले खर्च बढे अनुसार भाडा समायोजन गर्नुपर्ने माग गर्दै आएका छन ।
असोज १ गते देखि पोट्रोलियम पदार्थ ढुवानी ठप्प पारिने
Facebook Comments Box