वीरगंज, ३० भदौ ।
पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध सहित ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका इकाईबाट खटिएका टोलीले ठुलो परिमाणमा चरेस सहित विभिन्न लागु औषधका साथै ७ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएका प्रहरी टोलीले विहिवार दिउसो २ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.३ आदर्शनगर पानीट्याङकी स्थित सडक खण्डमा शंकाष्पदरूपमा पैदल हिंडिरहेका ओजिर अंसारीलाई चेक जाँच गर्दा निजले बोकेको कालो झोला भित्रबाट विभिन्न लागु फेला परेको प्रहरीले जनाएको छ ।
वीमनपा वडा नं. ३ छपकैया निवासी अंसारीले बोकेको झोलाबाट लागु औषध नुर्पिmन ११०० एम्पुल, डाइजोपम ११०० एम्पुल र फेनारगन ११०० एम्पुल फेला परे पछि निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
त्यसै गरी ७५० एम्पुल विभिन्न लागु औषध सहित बुधवार वीमनपा वडा नं. १७ अलौं स्थितबाट तीन जनालाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
जिप्रकाबाट खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको द्यच् ण्छ ब्द्य छघज्ञढ नम्बरको मोटरसाईकललाई रोकेर चेकजा“च गर्दा उक्त मोटरसाइकलमा सवार मानिसहरूले बोकेको झोला भित्रबाट लागु औषध डाईजेपाम २५० एम्पुल, नुर्फिन २५० एम्पुल, फेनारगन २५० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
लागु औषध फेला परे पछि मो.सा. सहित वीमनपा वडा नं. ११ निवासी पारस महतो, भारत विहार रक्सौल निवासी कृष्ण पासवान र आषिस पासवानलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
त्यस्तै जिप्रका पर्सा मातहतका अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले बुधवार सांझ पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.२ बागवाना स्थित सडकखण्डबाट लागु औषध चरेस सहित ३ जनालाई पक्राउ गरेको जिप्रकाले जनाएको छ ।
जिप्रकाले दिएको जानकारी अनुसार अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जितपुरबाट मनवातर्फ जांदै गरेको ना. २ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई रोकेर चेकजाँच गर्दा उक्त अटोमा सवार महिलाहरूले बोकेको झोलाभित्र लुकाइछिपाई राखिएको लागु औषध चरेश फेला परेको हो ।
पक्राउ परेकी मकवानपुर जिल्ला मनहरी गा.पा. वडा नं. ८ की कल्पना मोक्तानबाट ८ किलो ६९० ग्राम, कबितामाया बलबाट ५ किलो ११० ग्राम र रीता विश्वकर्माबाट १३ किलो ८०० ग्राम लागु औषध चरेश बरामद भएको जिप्रकाले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेकाहरु उपर लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
पर्सा प्रहरीद्वारा ठुलो परिमाणमा लागु औषध बरामदः तीन महिला सहित सात जना पक्राउ
Facebook Comments Box