सहारा दैनिक

spot_img
Homeसमाचारऔषधीहरू लोड कन्टेनर नियन्त्रण

औषधीहरू लोड कन्टेनर नियन्त्रण

वीरगंज, २८ भदौ ।
बिल बिजक भन्दा बढी खुद्रा सामान तथा औषधीहरू लोड रहेका कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले गए राती वीरगंज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर चोकबाट खुद्रा सामान तथा औषधीहरू लोड रहेका कन्टेनर नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले परवानीपुर चोक स्थित सडकखण्डमा ना.३ ख ७६५६ नम्बरको मालवाहक कन्टेनरलाई रोकेर जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिए पछि कन्टेनर नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको कन्टेनर भित्र रहेको मालसामानको रू. ४६ लाख ७ हजार ३ सय ९३ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -