सहारा दैनिक

spot_img
Homeसमाचारलागू औषध गा“जा लोड ट्रक सहित दुई पक्राउ

लागू औषध गा“जा लोड ट्रक सहित दुई पक्राउ

कलैया, १९ भदौ ।
लागू औषध गाँजा लोड रहेको ट्रक सहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले आइतवार विहान साढे ४ बजे लागू औषध गाँजा लोड रहेको ट्रक सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले जितपुरसिमरा उप–महानगरपालिका वडा न.२१ अमलेखगंज स्थित हेटौडा–पथलैया सडक खण्डमा आवत जावत गर्ने सवारी साधनहरू चेकजांच गर्ने क्रममा हेटौडाबाट पथलैया तर्फ जांदै गरेको प्र.३–०१–००३ क ६९०६ नं. को मिनी ट्रक रोकेर चेकजाँच गर्दा ट्रकको पछाडिको भागमा बिस्कुटको कार्टुनसंगै रातो प्लाष्टिक भित्र राखेर पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा ३४ किलो (१० पोका) फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गाँजा फेला परे पछि ट्रक सहित चालक मकवानपुर जिल्ला मनहरी गाउपालिका वडा नं. ७ बिजौना टोल बस्ने बर्ष ३५ को सुन बहादुर थिङ र सह–चालक मनहरी गा.पा. वडा नं. १ चकरी टोल बस्ने बर्ष २० को सुभाष लामालाई नियन्त्रणमा लिई लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -