कलैया, १९ भदौ ।
जिउ मास्ने बेच्ने तथा डांका मुद्दामा २० वर्ष देखी फरार रहेका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्ला करैयामाई गाउपालिका वडा नं.३ बस्ने रामअयोध्या प्रसाद केशरीको छोरा देवेन्द्र प्रसाद केशरीलाई २०५९ जेठ ३१ गते लुटपाटका साथै अपहरण गरेको मुद्दामा फरार रहेका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको हो ।
घरबाट कलैया स्थित आफ्नो निर्माणाधिन घरमा आएर दिनभरी काम गराई बेलुका कामदारहरूलाई पठाएर सांझ करिब ७ बजेको समयमा कलैयाबाट आफ्नो घरतर्फ जाने क्रममा केशरीलाई पसाह खोला किनारमा बारा जिल्ला साविक गा.वि.स. हरैया वडा नं. ९ हाल करैयामाई गउपालिका वडा नं.३ शत्रुधन साह कानु समेतका ७÷८ जनाले हातहतियार देखाएर निजको साथमा रहेको नगद रू.१० हजार खोसेर डरत्रास देखाई अपहरण गरी भारतको आदापुरमा लगी भारतीय व्यक्तिसंग रू.२ लाख विक्री गरेको (हाल बारा जिल्ला अदालतमा मुलतबीमा रहेको) जिउ मास्ने बेच्ने तथा डांका मुद्दामा फरार रहेका शत्रुधन साह कानुलाई शनिवार पक्राउ गरिएको जिप्रका बाराले जनाएको छ ।
प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले कानुलाई महागढीमाई नगरपालिका वडा नं.१० गंजभवानीपुर बजारमा लुकीछिपी हिडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरी कारवाहीको लागि सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको जिप्रकाले जनाएको छ ।
डांका मुद्दामा २० वर्ष देखी फरार कानु पक्राउ
Facebook Comments Box