spot_img

इनर्वा प्रहरी चौकीबाट श्रोत नखुलेको रकम सहित एक पक्राउ



वीरगंज, १९ भदौ ।
श्रोत नखुलेको चार लाख पचास हजार रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले वीमनपा वडा नं.१६ शंकराचार्य गेट स्थित सडक खण्डबाट उक्त रकम सहित एक जनालाई पक्राउ गरिएको हो ।
भारतको रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको ना.५२ प २४२० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा वीमनपा वडा नं.१२ को २७ वर्षीय सुरज पटेलले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू. चार लाख पचास हजार फेला परे पछि निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फेला परेको रकम बरामद गरी मो.सा.सहित निजलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर