सहारा दैनिक

spot_img
Homeसमाचारसामुदायिक भवनको उदघाटन

सामुदायिक भवनको उदघाटन

कलैया, २१ साउन ।
कलैया उपमहानगरपालिका वडा नं. ८ स्थित रामपुरमा निर्माण भएको सामुदायिक भवनको उदघाटन गरिएको छ ।
कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले एक कार्यक्रम विच नव निर्मित सामुदायिक भवनको उदघाटन गर्नु भयो ।
सामुदायिक भवनको उदघाटन गर्दै मेयर साहले सामुदायिक भवनमा केही छुट भएका निर्माण कार्यका लागी उपमहानगरले थप रु. २० लाख बजेट दिने प्रतिद्धता व्यक्त गर्नु भयो ।
पुर्व वडाध्यक्ष डा अख्तर अंसारीले आफनो कार्यकालमा निजी लगानीमा सामुदायिक भवनको लागी ४ धुर जग्गा खरिद गरेका थिए ।
सोही जग्गामा आर्थिक वर्ष ०७८/०७९ को नगरको रु. ३० लाख र पुर्व वडा अध्यक्ष अंसारीको निजी रु. १४ लाखको लगानीमा २ तल्ले भवन निर्माण भएको हो ।
समाजमा रहेका गरिव असाहयहरुको घरमा हुने विवाह, व्रतबन्ध, भोजभतेरमा जमघट हुने समस्या हेरेर निजी लगानीमा जग्गा खरिद गरि सामुदायिक भवनको निर्माण गरिएको अंसारीले बताए । समाजमा निशुल्क रूपमा सो भवनको प्रयोग गर्न दिइने उनले बताए ।
सामुदायिक भवन उदघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नाथु साह, नेकपा एमालेका नेताद्वय अच्युत मैनाली, अध्यानन्द पाण्डे, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -