वीरगंज, २१ साउन ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सभा सदस्य र गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका भोजपुरी भाषाका संयोजक दिनेश गुप्ताद्वारा लिखित गजल संग्रह सुतल अब ठीक नइखे र हाइकु संग्रह हिरोसिमा नामक पुस्तकको बिमोचन गरिएको छ ।
एक कार्यक्रम विच गुप्ताद्वारा लिखित दुवै पुस्तकको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले विमोचन गर्नु भयो ।
कार्यक्रममा मुख्यमन्त्री गद्दिले केहि दिनमै क्यैबिनेटबाट डिसिजन गराइ मधेश प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने घोषणा गर्दै मधेश प्रदेशमा बोलिने प्रत्येक भाषालाइ उचित स्थान दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
त्यसै गरी कार्यक्रममा बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिहंले भोजपुरी भाषा हाम्रो मातृ भाषा हो यसको विकासका लागी हरसंभव प्रयास गर्ने बताउनु भयो ।
उहाले भोजपुरी भाषा र साहित्यमा काम गर्नेहरू सुति राखेका छन । अब जाग्ने बेला आएको छ । तपाइहरू आउनुस मिलेर भोजपुरी भाषाको विकासमा लागौं । म जति सक्छु यसका लागी सहयोग गर्न सधैं तत्पर रहने छु भन्नु भयो ।
कार्यक्रममा बिमोचित कृतिका लेखक गुप्ताले आप्mनो साहित्यिक यात्राको चर्चा गर्दै नेपालीय भोजपुरी साहित्यमा प्रत्येक बिद्याको पुस्तक नभएकोले धेरै भन्दा धेरै बिद्याको पुस्तक लेख्ने घोषणा गर्नु भयो । उहाको अहिले सम्म जति पनि कृति प्रकाशित भएको छ । त्यसमा केही पुस्तक बाहेक सबै अलग–अलग बिद्याका छन ।
कृतित्व र ब्यक्तित्वमाथि बरिष्ठ साहित्यकार गणेश प्रसाद लाठ र डा. बिश्वम्भर शर्माले प्रकाश पार्नु भयो । भने वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता, नागरीक समाजका अगुवा डा. दिपक शक्य, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकार दुवेद्धी, बरिष्ठ साहित्कार डा हरेन्द्र हिम्कर, कलवार कल्याण समिति पर्साका अध्यक्ष डा. इन्द्र देव साह, शिक्षा उपसचिव बालदेव प्रसाद र साहित्कार राम प्रसाद साहको उपस्थिति रहेको थियो ।
नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिहं ठकुरीको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन समाजका उपाध्यक्ष तथा पोखरिया नगरपालिकाका पुर्व उपमेयर सलमा खातुनले गर्नु भएको थियो ।
गुप्ताद्वारा लिखित दुई संग्रहको बिमोचन
Facebook Comments Box