सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ साउन ।
अन्ततः समाजसेवी एवं युवा व्यवसायी प्रवेश सर्राफको अथक प्रयास पश्चात पर्सा सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष र सचिवको पद बहाली भएको छ ।
संघका अध्यक्ष, महासचिव र कोषाध्यक्षले षड्यन्त्र पुर्वक विधान विपरित उपाध्यक्ष जयप्रकाश सर्राफ र सचिव लक्ष्मन प्रसाद साहको पद सहित सदस्यता समेत खारेज गर्दा युवा व्यवसायी एवं अध्यक्ष पदका उम्मेदवार प्रवेश सर्राफको अथक प्रयास पश्चात उनीहरुको पद सहित सदस्यता बहाली भएको पिडितहरुले बताएका छन ।
संघका अध्यक्ष भुलन सर्राफ सहित महासचिव र कोषाध्यक्षले अगामी नेतृत्वमा पुनः दोहोरिने लालसा सहित षड्यन्त्र पुर्वक मेरो र सचिव लक्ष्मन प्रसाद साहको संघको विधान विपरित सदस्यता नै खारेज गर्दा साउन ३२ गते हुने अधिवेशनबाट नयाँ नेतृत्वका उम्मेदवार एवं युवा व्यवसायी प्रवेश सर्राफको पहलकदमीका कारण जिल्ला प्रशासन कार्यालय पर्साको आदेश पश्चात पद बहाली सहित सदस्यता कायम भएको उपाध्यक्ष जयप्रकाश सर्राफले बताउनु भयो ।
उपाध्यक्ष सर्राफले समाजसेवी, युवा व्यवसायी एवं जुझारु नेतृत्व कर्ताको रुपमा स्थापित प्रवेश सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको कुसल एवं इमान्दार कारवाहीका कारण हामीहरुको पद सहित सदस्यता पुनः बहाल भएको बताउनु भयो ।
पर्सा सुनचाँदी व्यवसायी संघको यही साउन ३२ गते हुने अगामी कार्यकालको नेतृत्वका लागी प्रवेश सर्राफ बलियो दावेदारको रुपमा अहिले चर्चाको सिखरमा रहेका छन ।
भुलन सर्राफको कार्यकाल पुर्ण रुपमा विवादित एवं छलकपट पुर्ण रुपमा संचालन भएको अवस्थामा अगामी नेतृत्वका लागी दावेदारी गरेर चुनावी अभियानमा अग्रसर भएका प्रवेश सर्राफको टिमको बलियो जित हुने दावी भुलन सर्राफबाट प्रताडित सचिव लक्ष्मन प्रसाद साह बताउछन ।
पर्सा सुनचाँदी व्यवसायी संघको विवाद निरुपण
उपाध्यक्ष र सचिवको पद बहाली, अगामी नेतृत्वमा प्रवेश सर्राफ बलियो उम्मेदवार
Facebook Comments Box