सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ साउन ।
पर्सा प्रहरीले लाखौं मुल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६रजतजयन्ती चोक स्थित सडकखण्डबाट अवैध कपडा बरामद गरेको हो ।
प्रहरी टोलीले अ.मू.रू.८ लाख ५८ हजार ५ सय २० बराबरको भन्सार छली चोरी तस्करी गरी भित्राइएको विभिन्न किसिमका लत्ताकपडाहरू, खाद्यान्न तथा मोबाईलका पार्टसहरू बरामद गरेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
बरामद गरेको सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जनाइएको छ ।
Facebook Comments Box