सहारा दैनिक

spot_img
Homeसमाचारनेकपा (एस) पर्सा जिल्ला कमिटिको बैठकबाट विभिन्न निर्णय

नेकपा (एस) पर्सा जिल्ला कमिटिको बैठकबाट विभिन्न निर्णय

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ फागुन ।
नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीको पुर्ण बैठकले विभिन्न निर्णय गरेको छ ।
शनिबार वीरगंज स्थित डाइमण्ड रिसोर्ट तथा पार्टी प्यालेसमा पार्टीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको हो ।
बैठकले अगामी जेठ महिनामा हुन लागेको पार्टीको महाधिवेशनको तयारीको लागि सदस्यता नविकरण/नयाँ वितरण गर्ने र जिल्ला सचिवालय कमिटीमा १६ जना र जिल्ला सदस्यमा १६ जनालाई थप गर्ने निर्णय गरेको छ ।
जिल्ला सचिवालय सदस्यमा लालमुन वाइवा, उमेश ठाकुर, रमेश चौधरी, नेपाल इन्दु साह, विनय लाल गुप्ता, अमिरिलाल कलवार, मदन कुर्मी, राजमहमद अन्सारी, मदन हाजरा लगायतलाई चयन गरेको जनाइएको छ ।
बैठकमा पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पोलिट ब्युरो सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पोलिट ब्यरो सदस्य एवम् वीरगंज महानर इन्चार्ज चिरन्जिवी अचार्य, केन्द्रिय लेखा आयोगका सदस्य किशोरी कुशवाहा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी र उपाध्यक्ष मन्जुर आलम लगायत भातृ संगठनका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -