सहारा दैनिक

spot_img
Homeसमाचारश्रमजिवि पत्रकारहरुको हितमा काम गर्न अध्यक्ष सुवेदीको आग्रह

श्रमजिवि पत्रकारहरुको हितमा काम गर्न अध्यक्ष सुवेदीको आग्रह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ फागुन ।
समाजवादी प्रेस संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणि सुवेदीले संगठनले श्रमजिवि पत्रकारहरुको हितमा काम गर्नु पर्ने वताउनु भएको छ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साद्वारा आयोजित वनभोज तथा प्रमाण पक्र वितरण कार्यत्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले यस्तो बताउनु भएको हो ।
उहाले पर्सा संगठनको विषयमा केही हल्लाहरु भएपनि कुनै समस्या नरहेको स्पष्ट पार्दै संगठनको नाम, छाप र लेटर प्याड दुरुपयोग गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालमा कारवाहीको लागि पत्रचार समेत गरिसकिएको जानकारी दिनु भयो ।
मकवानपुर जिल्लाको भिमफेदी गाउपालिका स्थित त्रिखण्डी परिसरमा आयोजित कार्यक्रममा उहाले पर्सा जिल्ला समितिले आफ्ने क्रियाशिलता राम्रो प्रस्तुत गरेको भन्दै खुशी व्यक्त गर्दै संगठनले अब महासंघको निर्वाचन केन्द्रित गतिविधिमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा माघ १२ गते सम्पन्न विशेष जिल्ला अधिवेशनबाट निर्वाचित शम्भु कुमार सुमन नेतृत्वको कार्यसमितिलाई प्रमाण पत्र तथा परिचय पत्र समेत वितरण गरिएको संगठन पर्साका सचिव विनोद पटेलले जानकारी दिनु भयो ।
संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, संगठनका केन्द्रिय सचिव वृजलाल पासवान, सचिवालय सदस्य रेविन्द्र कार्की, केन्द्रिय सदस्य एवम् मधेश प्रदेश सचिव रमेश सुवेदी, केन्द्रिय सदस्यद्वय मनोज पटेल, अफरोज अर्पन, संगठनका मकावानपुर अध्यक्ष शिव चौलागाई, चितवन सचिव पुर्ण बहादुर मगर लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन संगठन पर्साका सह सचिव श्याम कुमार सर्राफले गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -