सहारा दैनिक

spot_img
Homeदेशमधेशवीरगंजमा निकालिएको जगन्नाथ रथ यात्रा

वीरगंजमा निकालिएको जगन्नाथ रथ यात्रा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ फागुन ।
वीरगंजमा पहिलो पटक जगन्नाथ रथयात्रा निकालिएको छ ।
ईस्कोनद्वारा निकालिएको रथयात्राको सुभारम्भ वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गर्नु भएको छ ।


वीरगंज स्थित घण्टाघर चोकबाट निकालिएको रथयात्रा माईस्थान, महाविरस्थान, अलखियामठ, मकालु चौक, पुजन होटल, कैलाश होटल हुंदै आदर्शनगरस्थित पूरानो बसपार्कमा पुगेर समापन भएको थियो ।


रथयाक्राका त्रममा वीरगंजमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


रथयात्रामा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थनीय अगुवाहरु, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत हजारौंको संख्यामा भक्तजनहरुको सहभागीता रहेको ईस्कोन वीरगंजका अध्यक्ष रुपसनातन दासले जानकारी दिनु भयो । तस्वीरहरुः– विकाश रौनियार

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -