सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० असार ।
कुख्यात तस्कर मुख्तारको गुण तिर्न पर्साका सुरक्षा निकायले दिएको रात्रिकालिन तस्करी लाईन मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जनक भट्टराईको टोलीले अवरुद्ध गरेको छ ।
इनर्वा प्रहरी चौकी र प्रहरी चौकी इनर्वा गाउ तथा सशस्त्र प्रहरी बल विओपी वीरगंज भन्सारले नजराना बुझेर मुख्तारलाई अवैध मालसामान ओसार्न लाइन दिए पछि डिआइजीको टोलीले गए राती भन्सार छली गरी ल्याइएको मालसामानहरु नियन्त्रणमा लिइ तस्करी लाई अवरुद्ध गरेको हो ।
इनर्वा प्रहरी चौकी र प्रहरी चौकी इनर्वा गाउ तथा सशस्त्र प्रहरी बल विओपी वीरगंज भन्सारले नजराना बुझेर २ साता अघि २४ घण्टे मुख्य सहित सहायक नाकाबाट तस्करी लाइन संचालन गर्न दिएको सम्बन्धमा समाचार आए पछि बन्द गरिएको तस्करी लाईन नजराना वापतको गुण तिर्न केही दिनको विश्राम पछि पुनः आइतवार देखि रात्रिकालिन लाइन संचालन गर्न अनुमती दिएको सम्बन्धमा पुनः समाचार आए पछि मधेश प्रहरी प्रमुख डिआइजी भट्टराइले आफ्नो टोली परिचालन गरी लाखौं मुल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो ।
पर्सा जिल्ला सदरमुकाम वीरगंज लगायतका सीमावर्ती क्षेत्रबाट तस्करी भैरहेको खबरहरू सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधामको टोलीले छड्के गरेर मंगलवार मध्यराती करिव २ बजेको समयमा तस्करीको माध्यमबाट नेपाल भित्रियाइएका भन्सार छलिका सामानहरू नियन्त्रणमा लिएका छन् ।
समाचार स्रोतका अनुसार नेपाल प्रहरी मधेश प्रदेशका प्रमुख डिआइजी जनक भट्टराईको आदेशमा ढल्के गणमा दरबन्दी भई रौतहटमा काजमा रहेका प्रनानि महेन्द्र यादव, सहायक हवल्दार सुरेश यादव र राजेश यादव सहितको टोलीले वीरगंज भन्सार र ईनरवा क्षेत्रमा छड्के गर्दा मध्यराती २ बजेपछिको समयमा भारतको सीमावर्ती क्षेत्र हुंदै नेपाल भित्रियाएका भन्सार छलिका झण्डै १२ लाख भन्दा बढी मूल्य बराबरको सुटिङ सर्टिङका कपडाका गांठ भन्सार भन्दा पूर्व र वैष्णवी हल भन्दा दक्षिण अवस्थित एक गोदाममा भण्डारण गरि राखेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
ती सामान भारतीय कुख्यात तस्कर मुख्तार नेतृत्व तस्कर समुहका बनारसी, विनोद, गुलसन र मीरा समेतको रहेको छ भने केही सामान मदन गुप्ताको पनि रहेको बताइन्छ ।
सीमावर्ती क्षेत्रमा रहेका प्रहरी पोष्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी समेतलाई प्रभावमा पारेर तस्करहरूले तस्करी गरिरहेको सूचना प्रदेश प्रहरी प्रमुख डिआईजी भट्टराईसमक्ष पुगेपछि डिआईजी भट्टराईको निर्देशनमा खटेको प्रहरी टोलीले तस्करीका समानहरू नियन्त्रणमा लिएका हुन् ।
समाचार स्रोतका अनुसार यतिबेला छपकैया, सिर्सिया, ड्राईपोर्ट, अलौ, भिस्वा र ठोरी नाका समेत ग्रामीण भेगका सीमावर्ती क्षेत्रबाट व्यापक रुपमा तस्करी भईरहेको छ । छपकैया, ड्राईपोर्ट क्षेत्रबाट पनि मुख्तारकै टोलीले कपडाको काम गरिरहेका छन् भने पशुपति यादवले ठूलो परिमाणमा काजुको तस्करी गरिरहेका छन् ।
Facebook Comments Box