सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० असार ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वैभव वीरगज बनाउने अभियान कुनै हालतमा नरोकिने र कसैसंग सम्झौता नहुने बताउनु भएको छ ।
व्रिलियन्ट युवा क्लवको संयोजनमा वीरगंज महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयर सिंहले यस्तो बताउनु भएको हो ।
वीरगंज महानगरपालिका वडा नं. ५ मा मंगलवार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले उठाएको प्रश्नको जवाफ दिंदै मेयर सिंहले आफूले गलत नगर्ने र गलत भई हाले त्यसको खुलेर विरोध गर्न आग्रह गर्नु भयो ।
उहाले नगरवासीहरुले समस्या उठाउने मात्र होईन, त्यसको समाधान पनि खोज्नु पर्नेमा जोड दिनु भयो ।
उहाले बीरगंजलाई नमुना शहरको रुपमा विकास गर्न नगरवासीको साथ र सहयोग अपरिहार्य रहेको बताउदै नगरको सरसफाई, शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएका विसंगतिहरुको अन्त्य गर्ने अभियानमा महानगर जुटेको छ भन्नु भयो ।
मेयर सिंहले बीरगंजका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको सौन्दर्यकरण संगै वीरगंजमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि समेत महानगरपालिकाले काम गरि रहेको बताउनु भयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेलले महानगरले प्रदान गर्ने सेवा र सुविधालाई एकिकृत रुपमा नगरवासी विच पु¥याउन ८० करोडको लागतमा ११ तल्ले कार्यालय भवन निर्माणका लागि डिपिआर समेत बनि सकेको र श्रोतको व्यवस्थापन हुन नसक्दा कार्यालय निर्माणमा समस्या भएको बताउनु भयो ।उहाले कार्यालयमा कर्मचारीहरुको दरवन्दी कम हुंदा काम गर्न समस्या भएको बताउदै महानगरपालिकामा समेत विगतमा विचौलियाहरुले सेवाग्राहीलाई दुःख दिने गरेकोमा अहिले त्यस्ता गतिविधि पूर्ण रुपमा हटेको दावी गर्नु भयो ।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रदिप चौरसियाले नगरवासीको गुनासो अनुसारको काम भएको दावी गर्दै सबैको सोचमा परिवर्तन हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा मानव अधिकारकर्मी तथा संचारकर्मी कृष्ण खनालले वीरगंजको सरसफाई राम्रो भएको र पहिचान समेत फेरिएको बताउदै विद्युत, नालाको व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा गुनासो लिएर आएका आमा समूह तथा विभिन्न महिला समूहहरुले ५० औं बर्ष देखि आफूहरुले जनप्रतिनिधिहरुलाई भोट दिदै आएको भए पनि कुनै काम हुन नसकेको अवस्थामा अहिलेका मेयर तथा वडा अध्यक्षहरुले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
Facebook Comments Box