सहारा दैनिक

spot_img
Homeदेशमधेशपुर्व प्रधानमन्त्री नेपाल वीरगंजमा

पुर्व प्रधानमन्त्री नेपाल वीरगंजमा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ बैशाख ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल वीरगंज आउनु भएको छ ।
अध्यक्ष नेपाल आइतबार सांझ ५ः३० को विमानबाट वीरगंज आउनु भएको हो ।
दलित मुक्ती संगठन मधेस प्रदेशको दोस्रो प्रदेश अधिबेशनमा सहभागी हुन अध्यक्ष नेपाल वीरगंज आउनु भएको दलित मुक्ती संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले जानकारी दिनु भयो ।
अध्यक्ष नेपाललाई स्वागत गर्न सिमरा विमानस्थलमा नेकपा (एकीकृत समाजवादी) का नेता नागेन्द्र चौधरी, किशान श्रेष्ठ, दिनेश राई, बालगोपाल थापा, किशोरी कुशवाहा, मनोज चौधरी लगायत पुगेका थिए ।अध्यक्ष नेपालको सोमबार विहान ९ बजे पत्रकारसंग भेटघाट र ११ बजेदेखी नगरसभा गृह वीरगंजमा आयोजना हुने अधिबेशनमा सहभागि हुने कार्यक्रम रहेको दलित मुक्ती संगठन पर्साका इन्चार्ज पासवानले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -