spot_img
Homeदेशमधेशनिजि अस्पतालको मनोपोली विरुद्ध कारवाहीको माग गर्दै ज्ञापन

निजि अस्पतालको मनोपोली विरुद्ध कारवाहीको माग गर्दै ज्ञापन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ बैशाख ।
निजी अस्पतालहरुले गरेको मनोपोली बिरुद्ध कारवाहीको माग गर्दै जनमत पार्टी पर्साले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफको नेतृत्व टोलीले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै निजी अस्पतालहरुले गरेको मनोपोली बिरुद्ध कारवाही गर्न माग गरेको हो ।
सर्राफले बुझाएको ज्ञापन पत्रमा बयोदा मेडिसिटी अस्पताल वीरगंज लगायत निजी अस्पतालहरुले गरेको मनोपोली बिरुद्ध कारवाही गर्न माग गरेको हो ।
जनमत पार्टी पर्साद्वारा बुझाइएको ज्ञापन पत्रमा त्यस्ता अस्पताललाई कारवाही, पीडितको अनुचित रकम फिर्ता तथा सबै निजि अस्पतालमा दररेट सहित बडा पत्र राख्नु पर्ने माग गरेको छ ।
जनमत पार्टीका जिल्ला सह इन्चार्ज मुकेश दिवेदी, सह संयोजक रामजी रौनियार, जिल्ला सचीव राजन रायन मिश्र, सिए अजय चौरसिया ,महिला जिल्ला संयोजक अन्जना गुप्ता लगायतको टोली ज्ञापन पत्र बुझाउन गएका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -