वीरगंज, २७ बैशाख ।
श्रोत नखुलेको बाह्र लाख रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको चेकीङ टोलीले उक्त रकम सहित दुईजनालाई पक्राउ गरेको हो ।
पर्सा जिल्ला बिन्दबासीनी गाउपालिका वडा नं.५ प्रसौनीभाटा पुल स्थित प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको चेकीङ टोलीले वीरगंजबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको द्यच् ण्छ क् द्धठण्द्द नं.को मोटरसाईकल रोकेर खानतलासी गर्दा मो.सा.मा पछाडि सवार भारत विहार जिल्ला पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा स्रोत नखुलेको नेपाली रु.१००० दरका नोट ८०० थान र ५०० दरको नोट ८०० थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । श्रोत नखुलेको उक्त रकम फेला परे पछि गुप्ता सहित मो.सा.चालक विन्दवासिनी गापा वडा नं. ६ को मुसाहेब आलमलाई मो.सा. सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरु उपर नेपाल राष्ट्र बैंक ऐन २०५८ बिरूद्धको कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box