वीरगंज, २८ बैशाख ।
पोप्स फुड प्रोडक्ट्स, श्री फुड इन्डस्ट्रिज र श्याम बाबा इम्पोर्ट एक्सपोर्टका मुख्य संचालक रहेका अशोक कुमार अग्रवालले बैंकको सावा पनि नआउने लिलाम भएका जग्गाको ग्राहक खोजी रहेको समाचार बुझिन आएको छ ।
अग्रवाल नेतृत्वका यी उद्योग तथा निजका छोराको मातहतमा रहेका जग्गा धितो राखेर एनआइसी एसिया बैंकबाट लिएको ऋण नतिर्दँ बैंकले आवस्यक प्रकृया पुरा गरी जमानी वापत धितो राखेको जग्गा लिलाम साकार गरी आफ्नै नाममा लगत कायम गराइ सकेको जग्गाको ग्राहक खोजी रहेको सामाचार बुझिन आएको हो ।
बैंकले साकार गरेको जग्गा बिक्रि गरेर बैंकको सावा समेत नआउने जग्गाको ग्राहक खोजेर बैना लिएर फरार हुने दाउमा अग्रवाल रहेको उनी निकट श्रोतले नै जनाएको छ ।
एका तिर आफ्ना परिवार विच अंशबण्डा गरिसकेको अग्रवालले सामुहिक भनी बैंकमा जग्गा धितो राखेका थिए भने उक्त जग्गा बैंकले साकार गरिसके पछि श्रीमती सन्तोष देवी मार्फत पुनः आफ्नै विरुद्ध अंश मुद्दा दिन लगाएर बैंकले साकार गरेको जग्गामा अंश दावी गराउने योजनामा जुटेको समेत श्रोतले जनाएको छ ।
समाज सेवी एवं इमान्दार व्यवसायी स्व. पिता मेरचन्द अग्रवालको शाखको बलमा बजारबाट उद्योगको नाममा करोडौ रुपैयाको मालसामान उधारो लिएका अशोक अग्रवालले ति व्यापारीहरुको रकम हाल सम्म फिर्ता नगर्दा उनीहरु घरको न घाटको भएका छन ।
अशोक अग्रवालसंग अहिलेको अवस्थामा श्री सम्पतिको नाममा केही पनि नभएको अवस्थामा उधारो मालसामान दिएका व्यवसायीहरुलाई आफ्नो उधारो कसरी असुल्ने भनी बाटो नदेखिइ रहेको अवस्था छ भने अग्रवालले लिलाम भइ सकेको र दोहोरो तेहोरो रोक्का समेत रहेको जग्गा कै ग्राहक खोज्न दलाल परिचालन गरिएको उनी निकट श्रोतले बताएका छन ।
ति श्रोतले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार अग्रवालको मिठो बोली र स्व. पिताको शाखका कारण मालसामान उधारो दिएका व्यापारीहरुको अवस्था दैनिय भएको बेला लिलाम भएको जग्गाको नाममा बैना वापतको रकम लिएर फरार हुने आशंका रहेकाले अरु कोही नफसुन भनी यो समाचार सार्वजनिक हुन जरुरी रहेको बताएका छन ।
लिलाम भएको जग्गाको ग्राहक खोज्दै अग्रवाल
Facebook Comments Box