सहारा दैनिक

spot_img
Homeदेशमधेशनक्कली भुटानी शरणार्थी प्रकरणमा निस्पक्ष छानविनको माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा निस्पक्ष छानविनको माग

वीरगंज, २७ बैशाख ।
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिले विभिन्न निर्णयहरु गरेको छ ।
जसपा कार्यकारिणी समितिको बुधवार बसेको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानविन हुनु पर्ने लगायतका निर्णयहरु गरेको हो ।
बैठकले पार्टीको विधान अधिवेशन आगामी असारको ९ देखि ११ गतेसम्म काठमाण्डौमा गर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारसंग आग्रह गर्ने निर्णय गरेको जनाइएको छ ।
संसदबाट दुईपटक पारित भइसकेको नागरिकता सम्बन्धि विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न र प्रदेश १ को नामकरणविरुद्ध जारी आन्दोलनमाथी भइरहेको दमन बन्द गरी पुनः नामांकनका लागी आन्दोलनकारी पक्षसंग वार्ताद्वारा समस्या समाधान गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिनु भयो ।
त्यस्तै सो बैठकले बारा जिल्लाका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनय गर्ने निर्णय पनि गरेको जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -