सहारा दैनिक

spot_img
Homeदेशमधेश“स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार”ः पत्रकार राजेन्द्र सिंहलाई प्रदान

“स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार”ः पत्रकार राजेन्द्र सिंहलाई प्रदान

वीरगंज, १६ चैत्र ।
प्रथम “स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार” पत्रकार राजेन्द्र सिंहलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्साद्वारा स्थापित “स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार” बिहिवार एक कार्यक्रम बिच रु. २० हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई प्रदान गरेको हो ।
पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार सिंहलाई पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्मान पत्र सहित पुरस्कार राशी बाराबरको चेक प्रदान गरेका हुन ।
गत शनिबार पत्रकार महासंघ पर्सा शाखाको बैठकले महासंघको स्थापना दिवसको अवसरमा पत्रकार सिंहलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
प्रेस चौतारी पर्साको सचिव समेत रहेका पत्रकार सिंह हाल रेडियो नेपाल, एन्युज टेलिभिजन र पब्लिक एफएममा कार्यरत छन् ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुपत तिवारीको अध्यक्ष्तामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य महेश दास, प्रेस युनीयन पर्साका अध्यक्ष रामनारायण कुर्मी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले गरेका थिए भने स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्राले गरेका थिए ।
स्वर्गीय पत्रकार सर्राफ नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य थिए । उनको गत मंसिर १५ गते ह्दयघात भएर अल्पायु मै निधन भएको थियो ।
कार्यक्रममा स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षयकोषमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले रु ५० हजार सहयोग समेत प्रदान गरेका छन ।
जनता समाजवादी पार्टी पर्साका सचिव समेत रहेका अहमदले सहयोग रकम बराबरको चेक पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी र कोषाध्यक्ष संजिव मिश्रलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रम अघि विहिवार बिहान नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी निकालिएको थियो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाद्वारा वीरगंज स्थित घण्टाघर चोकबाट निकालिएको प्रभातफेरी माइस्थान पुगेर पुनः घण्टाघर हुंदै मुर्ली स्थित नेपाल पत्रकार महासंघ पर्साको भवनमा पुगेर सम्पन्न भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -