spot_img
Homeदेशमधेशविभिन्न लागु औषध सहित सात जना पक्राउ

विभिन्न लागु औषध सहित सात जना पक्राउ

वीरगंज, १७ चैत्र ।
पर्सा प्रहरीले छुट्ट–छुट्टै स्थानबाट प्रतिबन्धित विभिन्न लागु औषध सहित सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका इकाइहरुबाट खटिएका प्रहरी टोलीले विभिन्न लागु औषध सहित छुट्ट–छुट्टै स्थानबाट ७ जनालाई पक्राउ गरेको हो ।
जिप्रका पर्सा मातहतको इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले शुक्रवार जगरनाथपुर गा.पा. बाट लागु औषध गाँजा सहित तिन जनालाई पक्राउ गरेका छ ।
प्रहरी टोलीले जगरनाथपुर गा.पा. वडा नं. २ जानकीटोला चोक स्थित सडकखण्डमा ना.१४ प ७२२४ नम्बरको मो.सा. संकास्पदरूपमा भिख्मपुर तर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा ३ किलो गाँजा बरामद भए पछि मो.सा. मा सवार छिपहरमाई गा.पा. वडा नं. ४ बस्ने चन्दन कुमार साह र अरवाज आलमलाई नियन्त्रणमा लिइ प्रारम्भिक अनुसन्धानको क्रममा लागु औषध किनबेचमा संलगन रहेको सोही स्थानका सुनिल कुमार गुप्तालाई समेत नियन्त्रणमा लिइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी प्रहरी चौकी मिलन चौकबाट खटिएको नियमित चेकिंग टोलीले वीरगंज महानगरपालिका वडा नं. ३१ मिलन चोक स्थितबाट ५ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको जनाइएको छ ।
मिलन चौक स्थित सडकखण्डमा प्र.–२–०३–००१ ह २२७ नम्बरको अटो संकास्पदरूपमा जितपुरबाट बडनिहार तर्फ जाँदै गरेको अवस्थामा प्रहरी टोलीले चेकजाँच गर्दा अटोमा लुकाइ छिपाइ ल्याएको लागु औषध गाँजा फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध गाँजा फेला परे पछि अटोमा सवार चितवन जिल्ला राप्ती न.पा.वडा नं. ११ को बुद्दिराज घलान र पर्सा जिल्ला पर्सागढी न.पा.वडा नं. ३ को पासाङ लामालाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसुरमा शुक्रवार पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइ रहेको जिप्रकाले जनाएको छ ।
यसरी नै जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साको संयुक्त चेकिङ टोलीले वीमनपा वडा नं.१६ रजतजयन्तीचोक स्थित सडकखण्डबाट प्रतिबन्धीत विभिन्न लागु औषध सहित २ जनालाई पक्राउ गरेको जनाइएको छ ।
सिमावर्ती भारतीय सहर रक्सौलबाट वीरगंज तर्फ बिहिवार आउदै गरेको ना.३२ प ९४०३ नम्बरको मो.सा.लाई रोकेर चेकजाँच गर्दा मकवानपुर जिल्ला हेडौडा उ.म.न.पा.वडा नं.१ को संजिव केशरीले चलाइ ल्याएको मो.सा.को सिटमुनी कालो प्लाष्टिकमा लुकाइ छिपाइ लागु औषध नाईट्राभेट २० पत्ता ट्याब्लेट फेला परे पछि निज केशरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै शुक्रवार जिप्रका र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साको संयुक्त चेकिङ टोलीले वीमनपा वडा नं.१६ रजतजयन्तीचोक स्थित सडकखण्डमा रक्सौलबाट वीरगंज तर्फ संकास्पदरूपमा पैदल हिंडिरहेको अवस्थामा चितवन जिल्ला भरतपुर म.न.पा.वडा नं.४ रामघाटको विशाल श्रेष्ठलाई खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध फेनारगन–४७ एम्पुल, डाईजेपाम–४७ एम्पुल र नुर्फिन–४७ एम्पुल फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध फेला परे पछि निजलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -