जनकपुरधाम, १६ चैत्र ।
मधेश प्रदेशका मुख्य मन्त्री सरोज यादवले हाम्रो देशमा पानी र जवानी दुबै खेर गई रहेको बताउनु भएको छ ।
जनकपुरधाममा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको तेश्रो कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेशमा रहेको एक उखानलाई उदाहरण दिदै (पानी र जवानी खेर फाल्नु हुदैन) देशमा पानी र जवानी दुबै खेर गई रहेको बताउनु भएको हो ।
उहाले हाम्रो देशमा पानी भरिपुर छ, तर सिचाईको लागि किसानहरु जहिलेपनि पानीको अभाव खेप्दै आएका छन्, यो हाम्रो लागि दुर्भाग्य हो, देशको पानीलाई उपयोग गर्दैै सिचाईको व्यावस्था नगरेसम्म देश समृद्ध नहुने बताउनु भयो ।
उहाले यहांका युवाहरु विदेश पलायन हुने क्रम भयावह अवस्थामा छ्, जबसम्म मुलुकमा उद्योगहरु संचालन हुंदैन, रोजगारी सृजना हुंदैन तबसम्म युवा विदेशिने क्रम रोकिदैन, त्यसैले देशमा उद्योगको आवश्यकता रहेको छ र उद्योगलाई सरकारले संरक्षण गर्नुपर्छ भन्नु भयो ।
उद्योगीहरुको संरक्षणको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको छ, ऐन, कानून निर्माण बनाउने विषयमा हो, उद्योगीलाई जग्गा चाहिए जग्गा पनि उपलब्ध गराउछौं । मलको उद्योग खोल्न तयार गर्नुस निःशुल्क जग्गा उपलब्ध गराउनुका साथै अनुदानको व्यवस्था समेत प्रदेश सरकारले गर्ने सो अवसरमा मुख्यमन्त्री यादवले घोषणा गर्नु भयो ।
कार्यक्रममा देशको अर्थतन्त्र संकटग्रस्त रहेको भन्दै निजीक्षेत्रले चिन्ता व्यक्त गरेका छन् । निजीक्षेत्रले सरकारले निजीक्षेत्रको समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा वन तथा पर्यटन मन्त्री रहबर अन्सारीले सरकारले उद्योगी व्यावसायीहरुको हौसला बढाउने काम गर्नु पर्नेमा जोड दिनु भयो ।
मधेस प्रदेश सरकारप्रति आस्था र विश्वास राख्नु्, प्रदेश सरकारले तपाईको सुरक्षादेखि लगानीको संरक्षण गर्ने विश्वास व्यक्त गर्दै महिलाहरुलाई सिलाई कटाई, पातको भांडा बनाउन लगाएर समृद्धि खोज्छौं भने त्यसले समृद्धि आउदैन । हाम्रो यहि कार्यकालमा समृद्धि देख्न चाहन्छौं । हामीलाई समृद्ध बनाउनका लागि निजीक्षेत्र क्रिएटिभ र सृजनशील फोर्स आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा महासंघका मधेश प्रदेशका नवनिर्वाचित अध्यक्ष अशोककुमार टेमानीले मधेश प्रदेशले बोकेको अपार सम्भावनाहरु कृषि, पर्यटन, उद्योग, व्यापार लगायतका क्षेत्रहरुलाई आफ्नो कार्यकालमा विश्लेष्णात्मक तवरबाट उजागर गर्दै सम्बन्धित क्षेत्रहरुको प्रबद्र्धन र विकास गर्न मधेश प्रदेश सरकार संग घनिभूत सहकार्य तथा क्षेत्रगत परियोजनाको विकासमा संस्थागत रुपमा अघि बढ्ने बताउनु भयो ।
उहाले कृषिको व्यावसायीकरण नारामा मात्र सिमित रहेकाले यसलाई वास्तविक रुपमैं व्यवसायीकरण गर्न प्रविधि, कृषि उपकरण तथा उन्नत बीउबिजन र समयमैं सिंचाईको प्रविधिका लागि समेत मधेश प्रदेश सरकारका सरोकारवाला मन्त्रालय संग समन्वय गरेर अघि बढ्ने बताउनु भयो ।
अध्यक्ष टेमानीले नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौंमा केन्द्रित “कृषि उद्यम केन्द्र” लाई प्रादेशिक स्तरमा पनि स्थापना गरी त्यसको शाखाकै रुपमा भए पनि नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशमा स्थापना गर्ने बताउदै मधेश प्रदेशले बोकेको अपार सम्भावना र आर्थिक सामथ्र्यलाई राष्ट्रिय सञ्जालमा जोड्ने उद्देश्यले “मधेश भिजन २०९०” अवधारणा अघि बढाउने हाम्रो सामूहिक सोच रहेको बताउनु भयो ।
Facebook Comments Box