वीरगंज, ०१ मंसिर ।
पर्सा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले मौन अवधिमा घरथैलो अभियानमा जुटेका उम्मेदवारहरू प्रति निगरानी बढाउन आम मतदाता लगायत सरोकारवालाहरू संग अपील गरेका छन् ।
वीरगंज स्थित क्लासिक ब्यांकेटमा बिहिवार विहान संचारकर्मीहरूसंगको कुरा कानीका क्रममा स्वतन्त्र उम्मेदवार द्विवेदीले निर्वाचन नजिकिएसंगै सुरक्षा चुनौती बढेकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशील बन्न अपील गर्नु भयो ।
क्लासिक ब्यांकेटमा आयोजित पत्रकार सम्मेलनमा द्विवेदीले मौन अवधि शुरु हुंदै गर्दा रातको समयमा भारतीय नम्बर प्लेटका गाडीहरु गुडिरहेको, घर–घरमा रकम वितरण गर्न थालिएकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई संवेदनशील हुन आग्रह गरेका हुन । उनले मेरो गाडी मेरो घर म संग रहेका कार्यकर्ताहरुको खान तलासी गरौं, शुरुवात मबाट गर्नुहोस तर नागरिकलाई निष्पक्ष र भयरहति रुपमा आफनो अभिमत प्रकट गर्ने वतावरण बनाईदिनुहोस ।
हरेक नागरिक बिना बर्दीका प्रहरी र पत्रकार पनि भएकोले निर्वाचनलाई धुमील पार्न पैसा बोकेर आउने, धाक धम्की र प्रलोभन दिने व्यक्तिको फोटो भिडियो खिचेर भण्डाफोर गर्न उनले सबैमा अपील पनि गरेका छन । जनता जागे बदमासहरू भागाभाग हुने बताउदै द्विवेदीले हरेक मतदाताले आफूलाई अजय द्विवेदी र परिवर्तनको संवाहक सम्झेर भोट दिन समेत आग्रह गरेका हुन ।
पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा उम्मेदवार द्विवेदीले पर्सा क्षेत्र नं. १ का जनता राजनीतिक रुपमै बदलावको पक्षमा रहेका छन । पार्टी र उम्मेदवार भन्दा नागरिक अगाडि छन नागरिकले यसपाली आफनो अभिमत निष्ठा र राजनीतिको जितका लागि ब्यक्त गर्ने आफूमा बिश्वास रहेको बताए ।
Facebook Comments Box