वीरगंज, ०१ मंसिर ।
पर्सा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादवले बिहिवार वीरगंज महानगरका विभिन्न वडाहरुमा पुगेर घरदैलो गरेका छन् ।
प्रचारप्रसारका अन्तिम दिन बिहिवार चुनावी घरदैलोका क्रममा उम्मेदवार यादव वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली, वडा नम्बर १३ राधेमाई, वडा नम्बर १४ पिपरा, वडा नम्बर १६ नगवा र वडा नम्बर २० हरपतगञ्ज गरी ५ वडाका मतदातासंग भेटघाट गरेका हुन् ।
पांच वटै वडामा पुगेर नेकपा एमाले र जसपाको संयुक्त घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदिप यादव र प्रदेश सभा सदस्यका उम्मेदवार विचारी प्रसाद यादवले चुनावी एजेण्डाका सम्बन्धमा छलफल गरेका छन् ।
घरदैलोका क्रममा प्रदिप यादवले यसअघि ५ वर्षको कार्यकालमा आफुले गरेका कामको मूल्यांकन जनताले गर्ने विश्वास व्यक्त गर्दै भौतिक पूर्वाधार निर्माणसंगै सामाजिक क्षेत्रमा पनि संधै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन ।
यस क्षेत्रका लागि आफुले गरेको विकास र परिवर्तनको परिकल्पनालाई वास्तविकतामा बदल्नका लागि फेरी एकपटक आफुलाई निर्वाचित गराउन यादवले आग्रह गरेका छन् ।
घरदैलोमा पर्साको क्षेत्र नम्बर १ (क) बाट जसपा र एमाले गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवसहित गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
जसपा उम्मेदवार यादवको अन्तिम घरदैलो
Facebook Comments Box