सहारा दैनिक

spot_img
Homeदेशमधेशमाओवादी केन्द्रकी उम्मेदवारले एमाले–जसपा गठबन्धनलाई समर्थन गरेको आरोप

माओवादी केन्द्रकी उम्मेदवारले एमाले–जसपा गठबन्धनलाई समर्थन गरेको आरोप

वीरगंज, ०१ मंसिर ।
पर्सा निर्वाचन क्षेत्र नं. ४ (ख)बाट प्रदेशसभा सदस्य पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी शेख चाँद ताराले एमाले÷जसपा गठबन्धनका उम्मेदवारलाई सघाउने चर्चाले सत्तागठबन्धन पर्सामा तरंग ल्याएको छ ।
सत्तागठबन्धनबाट साझा उम्मेदवार रहेकी माओवादी केन्द्रकी शेख चाँद ताराले सो क्षेत्रबाट नेकपा एमाले–जसपा गठबन्धनका प्रदेशसभा उम्मेदवार जसपाका सिंगासन कलवारलाई र प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा एमालेका जालिम मियाँलाई सघाउने सौदा गरेर ब्याक भएको माओवादी केन्द्र श्रोतबाट जानकारी हुन आएको छ ।
चुनाव लड्ने आफंनो अनुभव नरहेको र सो क्षेत्रमा आफू कमजोर उम्मेदवारको रुपमा रहेको देखिएपछि शेख चाँद ताराले प्रतिस्पर्धी धनाढ्य उम्मेदवार सिंगासन साह कलवार र प्रतिनिधिसभाका अर्का धनाढ्य उम्मेदवार जालीम मियालाई समर्थन गर्ने आन्तरिक सहमति गरेको स्रोतको दाबी छ ।
दुईचारदिन अघि देखि नै मोलमोलाई पश्चात चाँद ताराले कलवारलाई सघाउने निस्कर्षमा पुगेपछि आफ्नो क्षेत्रमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुसंग सम्पर्कमा नरहने, फोन नउठाउने र घरदैलो पनि चाहेजस्तो नगरेपछि सेटिङ भएको हुन सक्ने माओवादी केन्द्रका कालिकामाई गाउपालिका सचिव इशक पासवानले बताए ।
पासवानले “केन्द्रले उम्मेदवार सिफारिश गरि पठाएको उम्मेदवार चाँद तारालाई निर्वाचित गराउन हामी सांगठनिक र गठबन्धनका साथीहरु इमान्दारीपूर्वक लागिरहेकै थियौं तर उनी स्वयं हाम्रो सम्पर्कमा आउन छोड्नु भयो । कसैको फोन उठाउनु भएको छैन ।” तथापि हामी नेता कार्यकर्ताहरु प्रत्यक्षमा गठबन्धन र समानुपातिकमा माओवादी केन्द्रकैलागि भोट मागिरहेका छौं – पासवानले भने ।
त्यस्तै प्रतिकृया दिंदै माओवादी केन्द्रकै सन्तोष पटेल “गौरब”ले आफ्नो पार्टीकी उम्मेदवार चाँद तारा व्यक्तिगत रुपमा इमान्दार भए पनि प्रतिष्पर्धी धनी उम्मेदवारहरुका अगाडी टिक्न नसक्ने आशंकाले हो या अन्य कुनै कारणले त्यो थाहा भएन तर हाम्रो उम्मेदवार शेष चाँद तारा हाम्रो सम्पर्कमा तीन दिन देखि हुनुहुन्न । तैपनि हामी उहाकै लागि भोट मागिरहेका छौं ।
यस सन्दर्भा शेख चाँद ताराको मोबाइलमा सम्पर्क गर्न खोज्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -