वीरगंज, २० कार्तिक ।
युवा नेता शशिकपुर मियाँले स्वतन्त्र एवं निस्पक्ष प्रतिनिधि नभए सम्म भ्रष्टाचार मुक्त हुन नसक्ने बताउनु भएको छ ।
मधेश आन्दोलनका संस्थापक युवा नेता समेत भएका मियाँले पछिल्लो ५ वर्षमा मधेश आन्दोलनको जगमा पदमा आशिन भएका मधेश प्रदेशका मुख्यमन्त्री महम्मद लालबाबु राउत गद्दिले गरेको भ्रष्टाचारले सिमा नागेको बताउदै स्वतन्त्र एवं निस्पक्ष प्रतिनिधि हुन आवस्यक रहेको बताउनु भएको छ ।
पर्सा जिल्ला क्षेत्र नं. १ (ख)को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका मिया“ले स्वास्थ्य र शिक्षालाई ग्राह्यता तथा भ्रष्टाचारमा सुन्य सहनशिल्ता सहितका प्रतिनिधि छनौट गर्न मतदातामा आग्रह गर्नु भएको छ ।
आइतवार वीरगंज महानगरपालिका वडा नं. ११ स्थित श्रीपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता मियाँले मधेश आन्दोलनको भावना विपरित जसपाका नेताहरुले गरेका कार्यहरु विरोधका साथै स्वतन्त्र, स्वक्ष एवं निस्पक्ष प्रतिनिधि छनौटका लागी आफुलाई मतदान गर्न जनसमुदायमा आग्रह गरेका छन ।
Facebook Comments Box