spot_img

रामनारायण कुर्मीको घरदैलो अभियान



वीरगंज, २० कार्तिक ।
पाँच दलीय सत्ता गठबन्धन तर्फबाट पर्सा क्षेत्र नं. १ (ख) प्रदेशसभाका कांग्रेस उम्मेदवार रामनारायण कुर्मीले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन ।
कांग्रेस उम्मेदवार कुर्मीले आइतवार वीरगंज महानगरपालिका वडा नं. १६ र ४ मा व्यापक जनसहभागिताको विच घरदैलो कार्यक्रम गरेका हुन ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहेका नेता कुर्मीले भ्रष्टाचार रहित प्रदेशका लागी भ्रष्ट मुख्यमन्त्री भगाउ अभियानमा जुट्नु पर्ने जोड दिंदै समृद्ध मधेश प्रदेशका लागी आफुलाई मतदान गर्न मतदाताको घर दैलोमा पुगेर आग्रह गरेका छन ।
गठबन्धनका नेताहरु सहित वीमनपा वडा नं. १६ स्थित नगवामा आयोजना गरेको घरदैलो कार्यक्रममा कुर्मी संगै स्थानीयको व्यापक जनसहभागिता रहेको थियो ।
त्यसै गरी वडा नं. ४ मा पनि स्थानीयहरु स्वफुर्त कुर्मीको घरदैलो कार्यक्रममा सहभागिता जनाई उनको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर