वीरगंज, २१ कार्तिक ।
नेकपा एमाले र जसपा गठबन्धनका पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांझा उम्मेदवार प्रदिप यादवले मतदाताहरुबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित बनाएको बताउनु भएको छ ।
चुनावी अभियानका क्रममा घरदैलो तथा चुनावी सभामा उहाले पर्सा जिल्लालाई झन् विकसित, समृद्धि र सुशुसित बनाउने अभियानमा मतदाताहरुबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित बनाएको भन्दै तपाईहरुबाट प्राप्त सल्लाह र सुझावले हामीलाई थप उर्जाशील र सशक्त बनाएको महसूस गरेको बताउनु भयो ।
पुर्व मन्त्री समेत रहेका जसपाका उम्मेदवार यादवले चुनावी प्रचार प्रसार कै क्रममा वीरगंज महानगरपालिका वडा नं. १४ स्थित पिपराटोलमा सोमबार बिहान गठबन्धनबाट एमालेका प्रदेशसभा सदस्य उम्मेदवार विचारी प्रसाद यादवका साथ घरदैलो कार्यक्रम गरेका छन ।
यसैबीच यादवले वीरगंज महानगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिकलाई सम्मानित पनि गरेका छन् ।
मतदाताको स्नेह र आशिर्वादले थप उत्साहित – यादव

Facebook Comments Box