सहारा दैनिक

spot_img
Homeदेशमधेशचुनावी चर्चाः कोही भ्रष्टाचारी त कोही अपराधिलाई बनाए उम्मेदवारः राप्रपाले बनाए भारतीय...

चुनावी चर्चाः कोही भ्रष्टाचारी त कोही अपराधिलाई बनाए उम्मेदवारः राप्रपाले बनाए भारतीय नागरिकलाई उम्मेदवार

वीरगंज, ०३ कार्तिक ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा जन चाहना विपरित कुनै दलले भ्रष्टाचारी त कुनै दलले अपराधिलाई नै उम्मेदवार बनाएका छन भने राष्ट्रवादको नारा धनकाउने राष्ट्रिय प्रजातन्त्र पार्टीले त भारतीय नागरिकलाई नै उम्मेदवार बनाएर आफ्नै नारालाई पाखा लगाएको छ ।
भारत विहार राज्य सितामढि जिल्ला बेल निवासी नरेश साहलाई पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएर राप्रपाले राष्ट्रवादको खोक्रो नारा लगाउने गरेको अहिले चर्चाको विषय बनेको छ ।
२०६३ सालको नागरिकता टोलीबाट झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको पुष्टि भए पछि जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय नागरिक नरेश साहको नागरिकता खारेजीको लागी गृहमन्त्रालयमा सिफारिस गरिसकेको अवस्थामा राप्रपाले निजलाई उम्मेदवार बनाएको हो ।
एका तिर राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले राजसंस्था र हिन्दु राष्ट्र पुनरस्थापनाको मुद्दा लिएर जनतामा हिंडेका छन भने अर्को तिर भारतीय नागरिकलाई उम्मेदवार बनाएर सांसद र मन्त्री बनाउने योजनामा जुटेको विषयले पर्सा जिल्लामा चर्चाको विषय बनेको छ ।
राजसंस्था र हिन्दु राष्ट्र पुनरस्थापना हुनु पर्ने पक्षमा अधिकांश नेपालीको एक मत छ तर यो मुद्दा लिएर मत माग्न जनता माझ हिडेका राप्रपाका उम्मेदवारहरुलाई भारतीयलाई सांसद र मन्त्री बनाउन मत दिने भनी प्रश्न उठ्न थालेको छ ।
आम जनताका साथै बुद्धिजिविवर्गमा राप्रपाको राष्ट्रवाद भारतीय नागरिकलाई नेपालको सांसद र मन्त्री बनाउने नै हो भन्ने प्रश्न उठेको हो ।
चुनावी सरगर्मी बढे संगै पर्सा जिल्ला सदरमुकामका साथै ग्रामिन भेगको चोक चौराहा तथा चिया पसलमा हिजो आज कुन दलको कस्तो उम्मेदवार छन त्यसकै लेखा जोखा हुने गरेको पाइन्छ । यी नै लेखा जोखाका क्रममा राप्रपाको भारतीयलाई सांसद बनाउने कस्तो राष्ट्रवाद हो भन्ने प्रश्न उठ्ने गरेको पाइन्छ ।
भारतीय नागरिकलाई उम्मेदवार बनाएकै कारण अहिले राप्रपा प्रति आम जनमानसमा घृणाबोध पाइन्छ ।
जुन व्यक्ती (नरेश साह) ले आफु भारतमा जन्म भएको भनी जिल्ला प्रशासन कार्यालयमा स्वयम बयान दिएका छन भने आप्mनो फेसबुक मार्फत समेत भारतीय भएको स्वीकार गरी सकेको अवस्थामा राप्रपाले तिनलाई उम्मेदवार बनाउनु केको लोभ हो भन्ने प्रश्न पनि जन–जनमा उठ्न थालेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -