सहारा दैनिक

spot_img
Homeसमाचारराप्रपाका उम्मेदवार किरण डंगोलद्वारा घरदैंलो अभियानलाई निरन्तरता

राप्रपाका उम्मेदवार किरण डंगोलद्वारा घरदैंलो अभियानलाई निरन्तरता

वीरगंज, ३ कात्तिक । प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट राप्रपाका उम्मेदवार किरण डंगोलले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । डंगोलको उम्मेदवारीले पर्सा क्षेत्र नम्बर १ का मतदाताहरूमा थप उत्साह थपिएको छ । अहिलेसम्मका उम्मेदवारहरू मध्य नयाँ अनुहार भएकाले पनि मतदाताको रोजाईमा आफूलाई मतदाताको विकल्पको रूपमा अगाडि आएको डंगोलको भनाई छ । नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग गर्दै आएकाहरूका लागि, राजसंस्था पुर्नस्थापनाको माग गरेकाहरूका लागि साथै सामाजिक सदभाव कायम राख्नेहरूका लागि पनि आफूले उम्मेदवारी दिएकोले मत पाउनेमा डंगोल विश्वस्त हुनुहुन्छ । बाम लोकतान्त्रिक गठबन्धनका तर्पmबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार लक्ष्मणलाल कर्ण, एमाले जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीसँगै राप्रपाका उम्मेदवार किरणमान डंगोल पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चारैजना उम्मेदवार मध्य डंगोल पनि राजनीतिक क्षेत्रमा लागेको पूराना नेता हुनुहुन्छ । कृष्ण प्रसाद भट्टराईकै पालादेखि नेपाली कांग्रेसमा लाग्नुभएका डंगोल नेता मात्रै होईन उहाँ गीतसंगीत र खेलकुद क्षेत्रमा पनि उक्तिकै दख्खल राख्ने व्यक्ति हुनुहुन्छ । पञ्चायतको समयमा नेपालमा कराँते खेल नेपालमा प्रतिबन्ध रहेको अवस्थामा पनि भारतको रक्सोलसम्म पुगेर खेल खेल्ने र खेलाउने गर्नुभएका डंगोलले धेरै गीतहरूमा पनि संगीत सृजना गरेका छ । वीरगंजबाटै सांगितिक क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका कलाकारहरू, प्रकाश श्रेष्ठ, मधु क्षेत्री लगायतका कलाकारहरू उहाँका त्यतिखेरका सहयात्रीहरू हुनुहुन्छ । नेपाली कांग्रेस प्रभावशाली नेता रमेश रिजाल भन्दा पहिले जिल्ला कार्यसमितिमा रहेर काम गर्नुभएका डंगोलका पूराना कांग्रेस नेताहरूको सहानुभूति र सदभावले पनि थप बल पुर्रुयाएको छ । झण्डै एकवर्ष पहिले नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गर्नुभएका डंगोल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्पmबाट पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा उहाँलाई राप्रपाले मात्रै होईन हिन्दुवादी संघ संस्था र समुदायको पनि उत्तिकै साथ र सहयोग पाउनेमा निश्चिन्त हुनुहुन्छ । लक्ष्मणलाल कर्ण, अजय द्विवेदी र किरण डंगोल बौद्धिकताको हिसाबलेपनि उत्तिकै विज्ञता भएका उम्मदवारहरू हुन् । त्यसलैले पनि आउने निर्वाचनमा पर्साको विकास र समृद्धिको लागि पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरूले बौद्धिक नेताहरू मध्य कुनै एकलाई छान्नुपर्ने विकल्प रहेको छ । राप्रपा क्षेत्र नम्बर १ का उम्मेदवारहरूले शनिवार मात्रै वीरगंजको प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिर अगाडि नै पत्रकार सम्मेलन गरेर कसम खाएर जनताको चाहाना र सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । राप्रपा नेतृत्वमा राजेन्द्र लिङ्गदेनको आगमनपछि र पर्सामा डंगोलको प्रवेशले राप्रपाको संगठन पनि बलियो बन्दै गएको छ । त्यसैले पनि आगामी निर्वाचनमा दुर्ईगठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारसँगै आपूmलाई प्रतिस्पर्धी उम्मेदवारको रूपमा अगाडि रहेको डंगोलको दावी छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -