spot_img
Homeसमाचारत्रीवेर्णी स्पेनिङमा मजदुर र प्रहरी विच झडप, दर्जनौ घाइते

त्रीवेर्णी स्पेनिङमा मजदुर र प्रहरी विच झडप, दर्जनौ घाइते

वीरगंज, ०३ कार्तिक ।
नियम संगत बोनस माग्दा मजदुर माथि उद्योग व्यवस्थापकले प्रहरी लगाएर कुटपिट गराएका छन ।
बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ छातापिपरा स्थित त्रिवेणी स्पेनिङ मिल्स प्रालिमा कार्यरत मजदुरहरुले बोनस माग गरी शान्ती पुर्ण आन्दोलनमा उत्रिदा व्यवस्थापकको दवावमा प्रहरीले लाठी चार्ज गरेको बताइन्छ ।
बोनसको माग गर्दै बुधवार देखी आन्दोलनमा रहेका मजदुरहरुले बिहिबार त्रिवेणी स्पिनिङ मिल्स सिइओ अशोक शर्माले कार्यकक्ष मै थुनेको भन्दै प्रहरीले लाठी चार्ज गर्दा दर्जनौ मजदुर घाइते भएका हुन ।
एक महिला मजदुर माथि प्रहरीले हातपात गरे पछि आक्रोसित मजदुरहरु पनि प्रहरी माथि जाइलाग्दा भएको झडपमा एक प्रहरी सहित दर्जनौ मजदुर घाइते भएका हुन ।
झडपले उग्र रुप लिंदा प्रहरीले स्थिती नियन्त्रणमा लिन दर्जनौं राउन्ड हवाई फायर र आशु ग्यास प्रहार गरेको प्रत्यक्ष्ँदर्शिले बताएका छन ।
कम्पनीका संचालकले विगतको बर्षमा मजदुर कर्मचारीलाई उपलब्ध गराउदै आएको वोनस उपलब्ध नगराएपछि बुधबारदेखि मजदुरहरुले आन्दोलन गर्दै आएका थिए ।
समस्या समाधानको लागि बिहिबार दिउसो कम्पनी प्र·णमा व्यवस्थापक र मजदुर पक्ष बिच बर्ता भइरहेकै अवस्थामा पुगेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी टोली र आन्दोलित मजदुर बिच विवाद हुंदा झडप भएको बताइन्छ ।
प्रहरीले कामदारहरुले थुनेका कम्पनीका सिइओ शर्मालाई थुना मुक्त गराउन कमदारमाथी बल प्रयोग गरेको बताएको छ । प्रहरीले बार्तामा बसेका केही मजदुर नेतासहित ७ जनालाई नियन्त्रणमा लिएको मजदुरहरुले बताएका छन ।
श्रोतका अनुसार मजदुरहरुलाई बोनस नदिने मनसायमा रहेका त्रिवेणी स्पिनिङ मिल्स संचालक बारा जिल्ला सिमरा स्थित इच्छा होटरमा आएर बसेका रामचन्द्र संघाईले बारा प्रहरी प्रमुख प्रउ होविन्द्र बोगती संग चांजोबांजो मिलाएर मजदुर माथि दमन गरेका हुन ।
व्यवस्थापकले कुनै पनि सर्तमा बोनस नदिने बरु एक–दुई जनालाई ढाल्नु पर्ने अवस्था आए पनि ढाल्नु तर आन्दोलन तुहाउनु भनी निर्देशन दिएको मजदुर नेताहरुले आरोप लगाएका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -