सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ जेठ ।
पर्सा प्रहरीले दुई करोड मुल्य बराबरका अवैध औषधी तथा भैंसी पाडा/पाडी नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको अ.मू.रु.२ करोड १ लाख ४९ हजार १ सय ४७ बराबरको औषधी, खुद्रा तथा हार्डवेयर र थारो भैंसी, पाडा र पाडीहरू आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयहरूमा बुझाइएको जनाइएको छ ।
खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डबाट शुक्रवार अ.मु.रू.१ करोड ९७ लाख १५ हजार १ सय ४७ बराबरका औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिइ आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ केशर कुमार न्यौपानेले जानकारी दिनु भयो ।
त्यसै गरी बिहिवार राती पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं.५ डकैला बहुअरी स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका थारो भैंसी–८ र पाडा तथा पाडी २८ गोटा नियन्त्रणमा लिएको उहाले जानकारी दिनु भएको छ ।
नियन्त्रणमा लिएको भैंसी र पाडा तथा पाडीको रू.४ लाख ३४ हजार मुल्यांकन गरी आवस्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रनाउ न्यौपानेले जानकारी दिनु भयो ।
दुई करोड मुल्य बराबरको औषधी र भैंसी पाडा/पाडी नियन्त्रण
Facebook Comments Box